
जलपाईगुडी, 02 नोभेम्बर (हि.स.)। जाँचमा दक्षता, कर्तव्यनिष्ठा एवं उत्कृष्ट कार्यका लागि क्रान्ति पुलिस चौकीका प्रभारी तेञ्जिङ्ग भाेटियालाई वर्ष 2026 को 'केन्द्रिय गृहमन्त्री दक्षता पदक' प्रदान गरिनेछ। पुरस्कार विजेताहरूको सूची केन्द्रिय गृह मन्त्रालयद्वारा गत 31 अक्टोबरमा जारी गरिएको छ।
यस वर्ष पश्चिम बङ्गाल पुलिसका आठ जना अधिकारीहरू यस सम्मानका लागि छनोट भएका छन् जसमा तेञ्जिङ्ग भुटिया जलपाईगुडी जिल्लाका एक मात्र चुयनित पुलिस अधिकारी हुन्।
पुलिस सूत्र अनुसार आफ्नो कार्यकालमा कतिपय महत्वपूर्ण मामिलाहरू सफल अनुसन्धान र उत्कृष्ट पुलिसिङ्गका लागि उनलाई यो सम्मान प्रदान गरिँदछ। वर्ष 2023 मा चामुर्चीमा भएको सामूहिक बलात्कारको मुद्दामा अनुसन्धानको जिम्मेवारी तेञ्जिङ्ग भुटियासित थियो। उनी त्यस समय चामुर्ची पुलिस स्टेशनका प्रभारी थिए। तुरुन्तै कार्य गर्दै उनले मामिलामा दुवै अभियुक्तलाई पक्राउ गरेका थिए। पछि न्यायिक प्रक्रिया सम्पन्न भएपछि अदालतले एकजना अभियुक्तलाई 25 वर्ष र अर्कोलाई 20 वर्षको सश्रम कारावासको सजाय सुनाएको थियो।
यसबाहेक चामुर्ची थानामा तैनाथ रहँदा केही महत्त्वपूर्ण मामिलाहरूमा उनको भूमिका रहेको थियो। मयानगुडी थानामा सेकेण्ड अफिसरका रूपमा काम गर्दा कानुन र व्यवस्था कायम राख्ने उनको प्रयासलाई पनि यस सम्मानका लागि ध्यानमा राखियो। हाल क्रान्ति पुलिस चौकीको प्रभारीको रूपमा उनको कार्यहरूलाई पनि महत्त्वपूर्ण मानिएको छ।
मङ्गलवार तेञ्जिङ्ग भाेटियाले भने, यो पदकले उनलाई भविष्यमा अझ राम्रो गर्नको लागि प्रेरित गर्नेछ। यता माल महकुमा पुलिस अधिकारी सुदिप्त सरकारले यस उपलब्धिमा खुसी व्यक्त गर्दै भने, तेञ्जिङ्गको यो उपलब्धि गर्वको विषय हो। उनको सम्मानले अन्य पुलिस अधिकारीहरूलाई पनि राम्रो काम गर्नको लागि प्रेरित गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा