
गान्तोक, ०२ नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमसँग मुख्य प्रशासक एवं क्याबिनेट सचिव वीबी पाठकले सोमबार लोकभवनमा शिष्टाचार भेट गरेका छन्। राज्यपालका रूपमा दुष्यन्त गौतमले पदभार ग्रहण गरेपछि क्याबिनेट सचिव पाठकको यो पहिलो औपचारिक भेटघाट हो।
लोक भवनका अनुसार, भेटका क्रममा सिक्किमको समग्र विकास, जनकल्याणकारी योजनाहरूको प्रगति, पर्यटन, कृषि, पूर्वाधार विकास तथा प्रशासनिक कार्यसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयमा छलफल भयो।
यसै क्रममा राज्यपाल गौतमले राज्य सरकारका प्राथमिकताहरूबारे जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ। सो अवसरमा क्याबिनेट सचिव पाठकले राज्य सरकारका प्रमुख प्राथमिकता तथा विभिन्न विकास योजनाहरूको प्रगतिबारे राज्यपाललाई अवगत गराए।
हिन्दुस्थान समाचार / बिशाल