नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाउने
नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाउने


गान्तोक, ०२ नोभेम्बर (हि.स.)। नेपाली साहित्य परिषद् सिक्किमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जयन्ती आगामी १५ नोभेम्बर, २०२६ का दिन भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ।

नेपाली साहित्य परिषद् भवन, गान्तोकमा सोमबार परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले आगामी १५ नोभेम्बरका दिन बिहान ११ः३० बजीदेखि नेपाली साहित्य परिषद् भवनमा महाकवि देवकोटाको जयन्ती कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रममा महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वमाथि चर्चा-परिचर्चा गर्नुका साथै कविता वाचन कार्यक्रमसमेत समावेश गरिने छ।

बैठकको प्रारम्भमा वरिष्ठ पत्रकार तथा परिषद्का आजीवन सदस्य विजय बान्तवा, आजीवन सदस्य भूपेन्द्र पराजुली तथा वरिष्ठ साहित्यकार शमशेर अलीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना साथ दुई मिनेट मौनधारण गरियो।

यसका अतिरिक्त बैठकमा परिषद्का भावी कार्यक्रम तथा विभिन्न साहित्यिक गतिविधिहरूबारे पनि विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande