
पूर्व मेदिनीपुर, 02 नोभेम्बर (हि.स.)। जिल्ला पुलिसले प्रतिबन्धित पटाखाको अवैध भण्डारणविरुद्ध अभियान चलाएर ठुलो सफलता हासिल गरेको छ। पुलिसले दुर्गाचक थाना क्षेत्रको डी-ब्लकस्थित एउटा घरमा छापामारी गरी करिब 100 किलो प्रतिबन्धित पटाखा बरामद गरेको छ।
उक्त घरमा प्रचुर मात्रामा प्रतिबन्धित पटाखा भण्डार गरेर राखिएको जानकारी पुलिसलाई प्राप्त भएको थियो। सूचनाको आधारमा सोमवार दुर्गाचक थानाको पुलिसले त्यहाँ खोजी अभियान चलायो। यस अवधि घरबाट करिब 100 किलो प्रतिबन्धित पटाखा जफत गरियो।
खोजीको क्रममा घरमा राखिएको पटाखासित सम्बन्धित वैध लाइसेन्स र बिक्री गर्ने अनुमतिको दस्तावेज देखाउन सकेन। यस मामिलामा एकजना व्यक्तिलाई पछि पक्राउ गरियो। पुलिसले जफतको सम्पूर्ण प्रक्रियाको भिडियोग्राफी गराएको छ।
यस सम्बन्धमा दुर्गाचक थानामा पुलिसले स्वत संज्ञान लिँदै मामिला दर्ता गरेको छ। सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न तथा प्रतिबन्धित पटाखाको अवैध भण्डारण र बिक्रीलाई रोक्न आगामी दिनमा पनि अभियान जारी रहने छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा