शान्तिपूर्ण एवं सुरक्षित ढङ्गमा चाड़ सम्पन्न गराउन सरकार प्रतिबद्ध छः दिलीप घोष
दिलीप घोष प्रेस को सम्बोधित करते हुए


खड़गपुर, 02 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गाल सरकारले आगामी चाडपर्वहरू जस्तै दीपावली, काली पूजा र जगद्धात्री पूजा शान्तिपूर्ण रूपमा सम्पन्न होस् भनी सुनिश्चित गर्न हर सम्भव प्रयास गरिरहेको छ। प्रत्येक जिल्लामा कानुन एवं व्यवस्थाको निरीक्षण गर्नको लागि मन्त्रीमण्डलका सदस्यहरूलाई अलग-अलग जिल्लाहरूको जिम्मा सुम्पिइएको छ। सो जानकारी राज्यका मन्त्री दिलीप घोषले सोमवार खडगपुरमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा दिएका हुन्।

उनले भने, पश्चिम बङ्गालमा सबै चाड़पर्वहरू शान्तिपूर्ण वातावरणमा सम्पन्न होस् भन्ने राज्य सरकारको चाहना छ। यसको लागि प्रशासन एवं पुलिसलाई सतर्क रहने निर्देश दिइएको छ। मन्त्रीमण्डलका प्रत्येक सदस्यलाई एउटा-एउटा जिल्लाको जिम्मेवारी दिइएको छ ताकि त्यहाँको कानुन-व्यवस्थाको निगरानी राख्न सकियोस्।

मन्त्रीले भने, चाड़पर्वको समयमा सुरक्षा र प्रशासनिक व्यवस्थामा कुनै कमी नहुन दिनको नियमित रूपमा बैठक गरी स्थितिको समीक्षा गरिँदैछ। कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक कदम उठाइँदैछ।

पूजा पण्डालहरूमा भीड़ नियन्त्रण, प्रकाश व्यवस्था, अग्नि सुरक्षा एवं जनताको सुरक्षा सुनिश्चित गर्न प्रशासनले विशेष ध्यान दिरहेको छ। यसको लागि पुलिस एवं नागरिक प्रशासनबीच समन्वय राखेर निगरानी गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande