
कछार (असम), ०2 नोभेम्बर (हि.स.)। कछार जिल्लाको काठीगोरा क्षेत्रमा भएको सड़क दुर्घटनामा पाँच जना किशोरहरू घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ।
पुलिसले सोमवार बतायो, काठीगोराको कलाइन सिन्दुरा क्षेत्रमा इलेक्ट्रिक अटो अनियन्त्रित भएर 20 फुटको खाड़लमा झऱ्यो जसमा अटोमा सवार 6 जना किशोरहरू घाइते भए जसलाई उपचारको लागि अस्पतालमा पठाइएको छ। अनिक नाथ (17) नामक किशोरको अस्पताल लाँदा-लाँदै बाटोमा मृत्यु भयो।
पुलिसले घटनाको सम्बन्धमा एफआईआर दर्ता गरी मामिलाको जाँच गरिरहेको छ भने किशोरको शवलाई पोस्टमर्टम गर्नको लागि अस्पताल पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा