हुगलीमा खाद्य परीक्षण प्रयोगशाला निर्माण हुने, चुन्चुरामा जमीनको खोजी कार्य शुरु
सांकेतिक तस्वीर


हुगली, ०2 नोभेम्बर (हि.स.)। खाद्य पदार्थको गुणस्तर जाँच गर्नको लागि अब हुगली जिल्ला कोलकातामाथि निर्भर रहनु पर्नेछैन। जिल्लामै खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्ने पहल गरिएको छ। यस सन्दर्भमा चुन्चुरामा करिब चार हजार वर्ग फुट भूमिलाई चिन्हित गर्ने प्रक्रिया शुरु गर्ने निर्देश दिइएको छ।

जिल्ला खाद्य सुरक्षा विभागका एक अधिकारीले सोमवार बताए, राज्य सरकारको पक्षबाट जिल्ला प्रशासनसँग भएको भिडियो कन्फ्रेन्सिङ्ग बैठकमा यस प्रस्तावमाथि छलफल गरियो। खाद्य सुरक्षा विभागका अधिकारीहरूलाई प्रयोगशालाको लागि उपयुक्त जग्गा खोज्न आग्रह गरिएको छ।

हाल हुगली जिल्लामा खाद्य पदार्थहरूको नमुना परीक्षणको लागि कोलकाता पठाउनु पर्छ जसले अनुसन्धान प्रतिवेदन प्राप्त गर्न धेरै समय लाग्छ। जिल्लामा नै प्रयोगशाला स्थापना भएपछि खानामा मिलावट, गुणस्तर एवं सुरक्षा सम्बन्धी नमूनाको परीक्षण अपेक्षाकृत छिटो हुनेछ।

प्राप्त जानकारी अनुसार प्रयोगशालाको लागि जग्गा उपलब्ध गराउने प्रक्रिया महत्त्वपूर्ण छ। जग्गा पहिचान भएपछि सम्बन्धित प्रस्ताव राज्य सरकारलाई पठाइनेछ। त्यसपछि आवश्यक वित्तीय एवं प्रशासनिक स्वीकृति तथा लोक निर्माण विभागद्वारा प्रक्रिया पूरा गर्नुछ।

यस प्रयोगशालाको स्थापनाले मिठाई पसल, बेकरी, रेस्टुरेन्ट, खाद्य उत्पादन एकाई र बजारबाट लिइएका नमूनाहरूको परीक्षण गर्न सजिलो हुनेछ। खानामा मिलावटको सिकायतमाथि पनि स्थानीय स्तरमा छिटो कारबाही गर्न मद्दत पुग्नेछ।

उल्लेखनीय छ, सेप्टेम्बरको शुरुमा भएको खाद्य सुरक्षा सप्ताह अवधि जिल्लामा 200 भन्दा बढी रेस्टुरेन्ट अनि खाद्य प्रतिष्ठानहरूको निरीक्षण गरिएको थियो जसमा आधाभन्दा बढ़ी प्रतिष्ठानहरूलाई सूचना दिइएको थियो भने खाद्य पदार्थहरूको नमूना परीक्षणको लागि कोलकाता पठाइएको थियो। परीक्षण प्रतिवेदन प्राप्त गर्न ढिल्याई भएकाले जिल्लामा नै खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने आवश्यकता महसूस गरिँदैछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande