मङ्गलवार सिलगढ़ीमा शुभेन्दु अधिकारीको 'लोकतन्त्र बचाऔं' पदयात्रा, सुरक्षा व्यवस्थालाई लिएर प्रशासन सतर्क
मङ्गलवार सिलगढ़ीमा शुभेन्दु अधिकारीको 'लोकतन्त्र बचाऔं' पदयात्रा, सुरक्षा व्यवस्थालाई लिएर प्रशासन सतर्क


सिलगढ़ी, 02 नोभेम्बर (हि.स.)। उत्तर बङ्गालको सिलगढ़ीमा मङ्गलवार मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा 'लोकतन्त्र बचाऔं' पदयात्रा आयोजना गरिनेछ। यस कार्यक्रमको लागि शहरमा तयारी तीव्र गतिमा भइरहेको छ। पदयात्रालाई सफल तथा शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउनको लागि प्रशासन तथा पुलिसले सुरक्षा एवं यातायातको व्यवस्था गरिरहेको छ।

प्राप्त जानकारी अनुसार पदयात्रा सिलगढ़ीको बाघजातिन पार्कबाट शुरु भएर शहरका विभिन्न मार्ग हुँदै जाने एयरभ्यु मोड़मा पुगेपछि समाप्त हुनेछ। यहाँ आयोजित सभालाई मुख्यमन्त्री शुभेन्दु अधिकारीले सम्बोधन गर्नेछन्। कार्यक्रममा उत्तर बङ्गालका विभिन्न जिल्लाबाट पार्टी नेताहरू, मन्त्रीहरू एवं जन प्रतिनिधिहरू सहभागी हुने सम्भावना छ।

सोमवार कार्यक्रमका तयारीहरूको जायजा लिइयो। यस अवधि जिल्ला अध्यक्ष अरूण मण्डल, उत्तर बङ्गालका संयोजक राजु साहा, पुलिस कमिश्नर सैयद वकार रजा सहित पुलिसका केही वरिष्ठ अधिकारीहरू उपस्थित थिए। अधिकारीहरूले सुरक्षा व्यवस्था, ट्राफिक नियन्त्रण एवं भीड़ व्यवस्थापनलाई लिएर विस्तृत छलफल गरे।

जिल्ला अध्यक्ष अरुण मण्डलले बताए, मुख्यमन्त्री शुभेन्दु अधिकारी पदयात्रामा सहभागी हुनेछन्। आयोजनालाई सफल बनाउन पार्टीले सबै आवश्यक तयारी गरिरहेको छ।

यता जानकारी प्राप्त भएको छ, सिलगढ़ी पुगेपछि शुभेन्दु अधिकारी माखनलाल सरकार औ शहरकी छोरी तथा क्रिकेटर रिचा घोषको घरमा पनि जान सक्ने बताइएको छ। यो सम्भावित भ्रमणलाई ध्यानमा राख्दै पुलिसको एक टीमले दुवैको घरमा पुगेर सुरक्षा तथा अन्य व्यवस्थाको जायजा लिसकेको छ।

समग्रमा, मुख्यमन्त्रीको भ्रमण र 'लोकतन्त्र बचाऔ' पदयात्रालाई लिएर सिलगढ़ीमा राजनीतिक गर्मी बढेको छ। यसैबीच पुलिस र प्रशासन पनि यस कार्यक्रमलाई लिएर पूर्ण रूपमा सतर्क छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande