होटल विलास इन गोलीकाण्डः पुलिसले संदिग्धसँग दृश्य पुनर्निर्माण गर्यो
Image of the Scene Recreation.


गुवाहाटी, ०2 नोभेम्बर (हि.स.)। गुवाहाटीको होटल विलास इनमा भएको गोलीकाण्डको अनुसन्धान गर्ने क्रममा गए राती पल्टन बजार पुलिसले मुख्य अभियुक्त घनकान्त गोगोईलाई साथमा लिएर घटनास्थलको पुनर्निर्माण गरायो। कड़ा सुरक्षाबीच होटलमा पुगेका घनकान्तले छ वटा प्रतीकात्मक पुतलाको सहयोगमा गोलीकाण्डको सम्पूर्ण घटनाको विवरण दिए।

पुनर्निर्माण अवधि अभियुक्तको हातमा पिस्तौल पनि थियो। उनले गोली चलेको बेलामा भएको गतिविधिबारे पुलिसलाई जानकारी दिए। यस अवसरमा केही वरिष्ठ पुलिस अधिकारीहरू पनि उपस्थित थिए। अनुसन्धान एजेन्सीहरूले घटनाको क्रम र गोली चलाएकोसित सम्बन्धित विभिन्न पक्षहरूको जाँच गरिरहेका छन्।

यता घनकान्त गोगोईकी पत्नी जोनमणि गोगोईले मिडिया समक्ष दाबी गरिन्, उनका पतिले आत्मरक्षामा 6 जना मानिसहरूमाथि गोली चलाएका थिए। उनले यो पनि स्वीकार गरिन्, गोलीकाण्डको घटनापछि घनकान्तले सबैभन्दा पहिला उनलाई फोन गरेका थिए।

पुलिसले आइतवार दिनभरि जोनमणिलाई सोधपुछ गऱ्यो भने राती लगभग 12 बजे उनलाई जाने अनुमति दियो। अनुसन्धानकर्ताहरूले उनीबाट कारको चाबी, मोबाइल फोन र होटल विलास इनसँग सम्बन्धित सम्झौताका कागजपत्रहरू जफत गरेका छन्। घटनाको अनुसन्धान जारी छ।

--------

/ बिशाल


 rajesh pande