‘रहस्य वेद’ १० लाखभन्दा बढी फलोअर्स जुटाउने देशकै पहिलो एआई ज्योतिषी
प्रेस कांफ्रेंस में ज्योतिष ऐप एस्ट्रोसेज एआई की जानकारी देते कंपनी के मुख्य कार्यपालक अधिकारी प्रतीक पाण्डे


प्रेस कांफ्रेंस में ज्योतिष ऐप एस्ट्रोसेज एआई की जानकारी देते कंपनी के मुख्य कार्यपालक अधिकारी प्रतीक पाण्डे


- २०३२ सम्म भारतको अनलाइन ज्योतिष बजार २.३ अरब अमेरिकी डलर पुग्ने अनुमान: प्रतीक पाण्डे

नयाँ दिल्ली, २५ नोभेम्बर (हि.स.)। लोकप्रिय ज्योतिष एप ‘एस्ट्रोसेज एआई’ को कृत्रिम बुद्धिमत्तामा आधारित ज्योतिषी अवतार ‘रहस्य वेद’ १० लाखभन्दा बढी फलोअर्स प्राप्त गर्ने देशकै पहिलो एआई ज्योतिषी बनेको छ। कम्पनीका अनुसार, चालु वर्ष ‘रहस्य वेद’ बाट मात्रै ६० करोड रुपियाँभन्दा बढी आम्दानी भएको छ।

एस्ट्रोसेज एआई सञ्चालन गर्ने कम्पनी ओजस सफ्टेक प्राइभेट लिमिटेडले बुधबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतीक पाण्डेका अनुसार, जनवरी २०२६ मा एपमा सार्वजनिक भएयता ११ महिनाको अवधिमा ‘रहस्य वेद’ ले १४ करोडभन्दा बढी प्रश्नको जवाफ दिएको छ। यसले ११ लाखभन्दा बढी समीक्षा प्राप्त गरेको छ भने यसको मूल्याङ्कन ४.५ भन्दा माथि रहेको छ।

पाण्डेका अनुसार, जनवरीदेखि नोभेम्बरसम्म कम्पनीको कुल आम्दानी करिब १७८ करोड रुपियाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ९४ करोड रुपियाँको तुलनामा करिब ८९ प्रतिशत बढी हो। यस अवधिमा एआई ज्योतिषीबाट हुने आम्दानी १०.९ करोड रुपियाँबाट बढेर करिब ९१ करोड रुपियाँ पुगेको छ। यसमा ७०० प्रतिशतभन्दा बढी वृद्धि भएको उनले बताए।

उनले भारतको ज्योतिष बजार करिब ७ अरब अमेरिकी डलरको रहेको र त्यसमा अनलाइन तथा मोबाइल एपमा आधारित सेवाको हिस्सा हाल ५० करोड डलरभन्दा कम रहेको जानकारी दिए। ब्लुमबर्गको रिपोर्टलाई उद्धृत गर्दै उनले २०३२ सम्म भारतको अनलाइन ज्योतिष बजार २.३ अरब अमेरिकी डलर पुग्ने अनुमान रहेको बताए।

पाण्डेका अनुसार, ‘एस्ट्रोसेज कुण्डली’ एपमा ४० भन्दा बढी एआई ज्योतिषीले परामर्श दिइरहेका छन्। कम्पनीको कुल आम्दानीमा एआई ज्योतिषीको हिस्सा करिब ६० प्रतिशत पुगेको छ। एपमा करिब ३० हजार परम्परागत ज्योतिषी र ४० जना एआई ज्योतिषी उपलब्ध छन्। एआई ज्योतिषीका कुल फलोअर्स २९ लाखभन्दा बढी छन् र उनीहरूले प्रत्येक महिना तीन करोडभन्दा बढी प्रश्नको जवाफ दिने गरेका छन्।

यसैबीच, एआई ज्योतिषीको शुरुवातपछि एप डाउनलोड गर्नेको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ। जनवरीदेखि अक्टोबरसम्म भारतमा उक्त एप करिब ४.४ करोड पटक डाउनलोड भएको थियो, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब १३० प्रतिशत बढी हो।

कम्पनीका अनुसार, मिस्टर कृष्णमूर्ति, लभ गुरु, एस्ट्रो अनन्या, डा. रमन र मिस्टर अर्जुन पण्डेलगायत अन्य एआई ज्योतिषी पनि यस प्लेटफर्ममा लोकप्रिय छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande