
नयाँ दिल्ली, २५ नोभेम्बर (हि.स.)। भारतीय सवारीसाधन निर्माता कम्पनी टीवीएस मोटरले आगामी चार वर्षभित्र तमिलनाडुमा २ हजार करोड रुपियाँ लगानी गर्ने भएको छ। यसबाट करिब एक हजार रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
कम्पनीले बुधबार शेयर बजारलाई दिएको जानकारीअनुसार, यस सम्बन्धमा तमिलनाडु सरकारसँग गैरबाध्यकारी समझदारीपत्रमा हस्ताक्षर गरेको छ। उक्त सम्झौताअनुसार कम्पनीले आगामी चार वर्षमा लगानी गर्नेछ।
समझदारीअनुसार, तमिलनाडु सरकारले आफ्नो नोडल निकाय ‘गाइडन्स’ मार्फत कम्पनीलाई आवश्यक पूर्वाधार तथा नियामकीय प्रक्रिया पूरा गर्न सहयोग उपलब्ध गराउनेछ। यो सहकार्य प्रचलित कानुनको अधीनमा रहने कम्पनीले जनाएको छ।
चेन्नई मुख्यालय रहेको टीवीएस मोटर कम्पनी भारतको बहुराष्ट्रिय दुईचक्के सवारीसाधन निर्माता कम्पनी हो। आम्दानीका आधारमा यो भारतको तेस्रो ठूलो मोटरसाइकल निर्माता कम्पनी हो।
हिन्दुस्थान समाचार / बिशाल