बहिनीसँगको मित्रतालाई लिएर भएको विवादमा युवकको हत्या
बहिनीसँगको मित्रतालाई लिएर भएको विवादमा युवकको हत्या


नयाँ दिल्ली, २७ नोभेम्बर (हि.स.)। दिल्लीको शकूरपुर गाउँमा बहिनीसँगको मित्रतालाई लिएर भएको विवादमा १७ वर्षीय नौशादको चक्कु प्रहार गरी हत्या गरिएको छ। यस घटनामा पुलिसले दुई नाबालिग सहित तीन जना आरोपीलाई पक्राउ गरेको छ।

पुलिस अनुसार केही दिनअघि भएको सामान्य विवादले बिहिवार हिंसात्मक रूप लियो। शकूरपुर गाउँमा आरोपीहरू र नौशादबीच भनाभन भएको थियो। यसै क्रममा आरोपीहरूले उनीमाथि चक्कु प्रहार गरे। गम्भीर घाइते नौशादलाई भगवान महावीर अस्पताल लगियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो।सुभाष प्लेस पुलिस थानामा हत्या लगायत अन्य धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

अनुसन्धानका क्रममा पुलिसले तीन जना आरोपीलाई पक्राउ गरेको छ। उनीहरूमध्ये दुई जना नाबालिग छन्। पक्रा परेकाहरूमा अतीकुर्रहमान पनि रहेका छन्। पुलिसले घटनामा संलग्न अन्य आरोपीहरूको खोजी गर्नुका साथै सबैको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande