चक्कु प्रहार गरी युवकको हत्या
चक्कु प्रहार गरी युवकको हत्या


नयाँ दिल्ली, २७ नोभेम्बर (हि.स.)। दिल्लीको शालीमार बाग क्षेत्र स्थित शकूरपुर जेजे कोलोनीमा सामान्य भनाभनका क्रममा एक युवकको घाँटीमा चक्कु प्रहार गरी हत्या गरिएको छ। घटनापछि आरोपीहरू घटनास्थलबाट फरार भएका छन्।

पुलिस अनुसार, घटना बिहिवार र शुक्रवारको मध्यरात लगभग एक बजी जी-ब्लक रोडमा भएको हो। योगेश आफ्ना केही साथीहरूसँग त्यहाँ उभिएका थिए। यसै क्रममा एउटा कारमा सवार केही युवक त्यहाँ आइपुगे। कुनै विषयलाई लिएर दुवै पक्षबीच भनाभन शुरु भयो। हेर्दाहेर्दै विवाद बढ्दै गयो। आरोप छ कि कारमा सवार युवकहरूमध्ये एक जनाले योगेशको घाँटीमा चक्कु प्रहार गर्यो।

गम्भीर घाइते योगेशलाई महाराजा अग्रसेन अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। अस्पतालबाट सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो। प्रारम्भिक अनुसन्धानमा आक्रमणकारी र मृतक एकअर्काका परिचित रहेको खुलेको छ। पुलिसले आरोपीहरूको पहिचान गरिसकेको छ र फरार आरोपीहरूलाई पक्राउ गर्न प्रयास गरिरहेको छ। हाल मुद्दा दर्ता गरी अनुसन्धान जारी राखिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande