'जनसङ्ख्याको असमानुपातिक विस्तार नरोकिए हिन्दूहरू अल्पसङ्ख्यक बन्ने'
'जनसङ्ख्याको असमानुपातिक विस्तार नरोकिए हिन्दूहरू अल्पसङ्ख्यक बन्ने'


पणजी, २७ नोभेम्बर (हि.स.)। भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आज जनसाङ्ख्यिक परिवर्तन र त्यसका दीर्घकालीन प्रभावमा आधारित वृत्तचित्र ‘डेमोग्राफी इज डेस्टिनी’ प्रदर्शन गरिएको छ। वृत्तचित्रमा जनसङ्ख्याको असमानुपातिक विस्तार जारी रहे आगामी ३० देखि ३५ वर्षभित्र भारतका मूल निवासीहरू अल्पसङ्ख्यक बन्न सक्ने चेताउनी दिइएको छ।

प्रख्यात उद्यमी एवं हिन्दुस्थान समाचारका निर्देशक रविन्द्र संघवीद्वारा निर्मित तथा कामाख्या नारायण सिंह र अंशुमान शेखरद्वारा निर्देशित यस वृत्तचित्रले दीर्घकालीन जनसाङ्ख्यिक प्रवृत्तिले राष्ट्रिय स्थिरता, सांस्कृतिक निरन्तरता तथा समाजको भविष्यमा पार्न सक्ने प्रभावबारे गम्भीर विमर्श गर्न दर्शकहरूलाई प्रेरित गरेको छ।

वृत्तचित्रमा जनसाङ्ख्यिक परिवर्तनले कुनै पनि राष्ट्रको सामाजिक, राजनीतिक तथा सांस्कृतिक भविष्यलाई कसरी प्रभावित गर्छ भन्ने विषयको विश्लेषण गरिएको छ।

ऐतिहासिक जनगणनाका तथ्याङ्कबाट शुरु हुने यस वृत्तचित्रले उन्नाइसौँ शताब्दीको उत्तरार्धदेखि वर्तमान समयसम्म भारतको जनसङ्ख्याको संरचनामा आएका परिवर्तनलाई प्रस्तुत गरेको छ। साथै, यस्ता परिवर्तनले विभाजनजस्ता महत्त्वपूर्ण ऐतिहासिक घटनामा पारेका प्रभावबारे पनि चिन्ता व्यक्त गरिएको छ।

वृत्तचित्रको अन्त्यमा राष्ट्रको भविष्य सुरक्षित राख्दै सही दिशा प्रदान गर्न जनचेतना र समयमै उचित कदम चाल्नु आवश्यक रहेको सन्देश दिइएको छ। जनसङ्ख्या नियन्त्रणका लागि समयमै पर्याप्त उपाय अवलम्बन नगरिए २०५० देखि २०६० को अवधिसम्म हिन्दू समाजको जनसङ्ख्या ५० प्रतिशतभन्दा कम हुन सक्ने दाबी पनि वृत्तचित्रमा गरिएको छ।

उल्लेखनीय छ, यस वृत्तचित्रका सहनिर्देशक कामाख्या नारायण सिंह यसअघि ‘जस्टिस डिलेड बट डेलिभर्ड’ (२०२०), ‘भोर : डन’ (२०१८) र ‘द केरला स्टोरी २ गोज बियोन्ड’ (२०२६) जस्ता चलचित्रका लागि परिचित छन्। अर्का सहनिर्देशक अंशुमान शेखर ‘अ ट्रिब्युट टु लेट श्री मनोहर पर्रिकर’ (२०१९) का निर्देशक हुन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande