कछारमा 5 करोड़को कफ सिरप जफत, 47 हजार बोतल बरामद
Image Of the Codeine-Based Cough Syrup Seized and the Arrested Accused in Cachar.


कछार (असम), ०3 नोभेम्बर (हि.स.)। असममा मादक पदार्थ विरोधी अभियानको क्रममा पुथिचेरा टोल गेटमा पुलिसले कोडिन आधारित कफ सिरपका 47 हजार बोतल जफत गरेको छ। उक्त कफ सिरपको अनुमानित मूल्य पाँच करोड़ रुपियाँ रहेको बताइएको छ।

कछारका पुलिस अधीक्षकले आज दिएको आधिकारिक जानकारीअनुसार मध्य प्रदेशको पञ्जीकरण नम्बर (एमपी-33एच-3083) भएको एलपी ट्रकलाई रोकेर जाँच गरियो जसमा ट्रकबाट चिनीको बोरामुनि लुकाएर राखिएका 470 वटा कार्टनहरू बरामद गयो। यी कार्टनहरूमा फेरिडिल ब्राण्डको 100 मिलीका 47,000 बोतलहरू थिए।

घटनामा ट्रक चालक अयुब खान र सहचालक रहबर अलीलाई पक्राउ गरिएको छ। दुवै मध्य प्रदेशको भोपालका बासिन्दा रहेको बताइएको छ।

प्रारम्भिक जानकारीअनुसार ट्रक कानपुरबाट अगरतलातिर गइरहेको थियो। दुवै व्यक्तिलेकफ सिरपको परिवहनसँग सम्बन्धित वैध कागज पत्हररू पेश गर्न असफल भए।

पुलिसले यस मामिलामा आवश्यक कानुनी कारबाही शुरु गरेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande