
इटानगर, ०3 नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशका पुलिस अधिकारी कामदम सिकोम जो वर्तमानमा सियाङ्ग जिल्लाकका पुलिस अधीक्षकको रूपमा कार्यरत् छन्- लाई अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्यको लागि प्रतिष्ठित 'केन्द्रिय गृहमन्त्री दक्षता पदक 2026' बाट सम्मानित गरिएको छ।
आज अरुणाचल पुलिस मुख्यालयद्वारा दिइएको जानकारी अनुसार यो राष्ट्रिय सम्मान उनको समर्पण, व्यावसायिक क्षमता एवं आपराधिक अनुसन्धान तथा न्याय प्रशासनमा दिइएको योगदानलाई मान्यता दिन्छ। अरुणाचल प्रदेश पुलिस सेवा अधिकारी सिकोम यसपूर्व कामेङ्ग जिल्लाको पुलिस अधीक्षक रहिसकेका छन् जहाँ उनले आफ्नो प्रशासनिक नेतृत्व र पुलिस पहलको लागि ठूलो प्रशंसा प्राप्त भएको थियो।
जनवरी 2025- मा उनलाई वर्ष 2024-को विधानसभा र लोकसभा चुनाउको सफल आयोजनमा उनले पुऱ्याएको योगदानको लागि सर्वश्रेष्ठ चुनावी अभ्यास पुरस्कार पनि प्रदान गरिएको थियो। पूर्वी कामेङ्गमा आफ्नो कार्यकालमा सिकोम आफैले भेनिया गाउँमा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत कार्यको नेतृत्व गरे। यसले वर्ष 2024- को चुनाउमा मतदानकर्मीहरूको आवागमनलाई सहज बनायो जसको लागि उनले जनताबाट ठूलो प्रशंसा बटुले।
'केन्द्रीय गृहमन्त्रीको दक्षता पदक'-को शुरूआत गृह मन्त्रालयद्वारा फरवरी 2024-मा गरिएको थियो जसको उद्देश्य जाँच, विशेष अभियान, गुप्त जानकारी तथा फोरेन्सिक विज्ञानको क्षेत्रमा असाधारण योगदानलाई मान्यता दिनु हो। यस वर्ष देशभरिका पुलिस र सुरक्षा संस्थाहरूबाट 490 जना कर्मीहरूलाई सम्मानका लागि छनोट गरिएको छ जसमध्ये 123 जनाले अनुसन्धान श्रेणीमा पदक प्राप्त गरेका छन्।
यो सम्मानले सिकोमको पुलिस करियरमा अर्को उपलब्धि जोड़ेको छ जुन अरुणाचल प्रदेश पुलिसको लागि गर्वको विषय हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा