गोर्खाल्याण्डको माग संसदको शीतकालीन अधिवेशनमा उठाउन सांसद राजु विष्टलाई ज्ञापन
शीतकालीन अधिवेशनमा गोर्खाल्याण्ड राज्यको विधेयक ल्याउन सांसदलाई ज्ञापन पत्र


गान्तोक, ०३ नोभेम्बर (हि.स.)। गोर्खाल्याण्ड राज्यको मागलाई आगामी शीतकालीन अधिवेशनमा संसदमा उठाउनुपर्ने मागसहित गोर्खाल्याण्ड संग्राम पार्टीले दार्जिलिङका सांसद राजु विष्टलाई ज्ञापनपत्र बुझाएको छ।

पार्टीका महासचिव लीलाकुमार गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिलगढीस्थित सांसद विष्टको कार्यालयमा पुगेर जनताको पक्षबाट ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमार्फत आगामी शीतकालीन अधिवेशनमा गोर्खाल्याण्ड राज्य निर्माणसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्न आवश्यक पहल गरिदिन सांसद विष्टसमक्ष आग्रह गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande