असम-बङ्गाल सीमा छागलियामा 14 वटा सन्दिग्ध तस्करीका  गाईवस्तुहरू सहित ट्रक जफत
असम-बङ्गाल सीमा छागलियामा 14 वटा सन्दिग्ध तस्करीका  गाईवस्तुहरू सहित ट्रक जफत


धुबड़ी (असम), ०4 नोभेम्बर (हि.स.)। असम-पश्चिम बङ्गाल सीमावर्ती क्षेत्र छगलियामा पुलिसले ठूलो कारबाही गर्दै 14 वटा गाईवस्तु सहित ट्रकलाई जफत गरेको छ। यस मामिलामा ट्रक ट्रक चालकलाई हिरसतमा लिएर जांचबुझ गरिँदैछ।

प्राप्त जानकारी अनुसार पश्चिम बङ्गालबाट एएस-15एसी-6903 नम्बर भएको ट्रकमा 14 वटा गाईवस्तुलाई लादेर छगलिया हुँदै असममा लगिँदै थियो। एक गुप्त सूचनाको आधारमा आज भोर बिहान छगलिया पुलिसले ट्रकलाई रोकेर जाँच गऱ्यो। यस अवधि ट्रकबाट 14 वटा गाईवस्तुहरू बरामद गरियो। सोधपुछ गर्दा ड्राइभरले गाईवस्तुसँग सम्बन्धित कुनै पनि कागजपत्र पेश गर्न सकेन। पुलिसले पछि ट्रकलाई जफत गरी चालकलाई पक्राउ गऱ्यो।

स्मरण गराइन्छ, पछिल्लो लामो समयदेखिकै एक कथित गाईवस्तु तस्करी गिरोहले धुबड़ी जिल्लाको बाटो हुँदै अन्य राज्यबाट असममा अवैध रूपमा गाईवस्तु तस्करी गर्दै आएको छ। छगलियामा भएको यस कारबाहीपछि पुलिसको जाँचमा अब तस्करीको यस नेटवर्कसँग सम्बन्धित अन्य व्यक्तिहरूको भूमिका खुलासा हुने अपेक्षा गरिएको छ। असम पुगेपछि गाईवस्तुहरूलाई अन्तर्राष्ट्रिय सीमा पार गरू छिमेकी देश बङ्गलादेशमा पठाइन्छ।

/ बिशाल


 rajesh pande