मनी लण्ड्रिङ्गको आरोपमा कोलकातामा चामल व्यपारीको ठेगानामा ईडीको छापामारी
ईडी


कोलकाता, ०4 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा मनी लण्ड्रिङ्गविरुद्ध प्रवर्तन निदेशालय (ईडी) को कारबाही निरन्तर जारी छ। सोही क्रममा बुधवार बिहान केन्द्रिय जाँच एजेन्सीका अधिकारीहरूले कोलकाताको उपनगरीय क्षेत्र कमलगाजीमा एकजना व्यापारीको घरमा छापामारी गरे। व्यापारीले हवालाको माध्यमबाट प्रचुर मात्रामा मनी लाण्ड्रिङ्गको ऱ्याकेट चलाइरहेका थिए।

ईडी सूत्र अनुसार यो खोजी अभियान गुवाहाटीमा दर्ता मुद्दाको आधारमा सढ्चालन गरिएको हो। एजेन्सीको एउटा टोलीले नरेन्द्रपुर पुलिस थाना अन्तर्गत कमलगाजीमा श्यामल व्यापारी नामक एकजनाा व्यापारीको घर अनि कार्यालयमा एकैसाथ छापामारी गऱ्यो। श्यामलले मूलतः चामलको व्यापार गर्छन्। उनलाई चामलको व्यापारको आड़मा साइबर ठगी मार्फत करोडौँ रुपियाँ हिनामिना गरेको आरोप छ। ठूलो वित्तीय धोकाधडीको मामिलाको अनुसन्धान गर्दै ईडीको टोली बुधवार बिहान व्यापारीको घरमा पुग्यो अनि महत्त्वपूर्ण कागजपत्रहरू खोज्न थाल्यो।

स्मरणीय छ, करिब तीन हप्ताअघि पनि ईडीले कुदघाट सहित कोलकाताका आठ स्थानमा एकैसाथ छापामारी गरेको थियो। सूत्र अनुसार यो कारबाही एउटा वित्तीय संस्थाविरुद्ध ठगीको उजुरीको आधारमा गरिएको थियो जसले ठूलो मुनाफाको प्रलोभन दिएर आम मानिसहरूबाट पैसा ठगिरहेको थियो। यसबाहेक करिब चार दिनअघि अनुसन्धान निकायका अधिकारीहरूले आसनसोल औद्योगिक क्षेत्रका एकजना उद्योगपतिको निवासमा पनि यस्तै छापामारी गरेका थिए। राज्यमा यस्ता निरन्तर कार्यहरूले व्यापारिक संसारमा हलचल पैदा गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande