
गुवाहाटी, ०7 नोभेम्बर (हि.स.)। असमको बोङ्गाईगाउँ रेलवे स्टेशन नजिकैबाट चार जना सन्दिग्ध नागरिकहरूलाई हिरासतमा लिइएको छ।
रेलवे पुलिसको सहयोगमा बोङ्गाईगाउँ पुलिसले
चार जना मानिसहरूलाई हिरासतमा लिइएको हो। पक्रा परेका व्यक्तिहरूलाई जुवैर, अलामिन हुसेन, सत्तार मियाँ र सालेह अहमदको रूपमा पहिचान गरिएको छ।
पुलिसले चार जनासित सोधपुछ गरिरहेको छ। उनीहरूको नागरिकता एवं पहिचानसँग सम्बन्धित अन्य तथ्यहरू पत्तो लगाउनको लागि अनुसन्धान जारी छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा