
गुवाहाटी, ०7 नोभेम्बर (हि.स.)। गुवाहाटीको भङ्गागढ क्षेत्रमा शनिवार बिहान एक खाद्य प्रतिष्ठानमा एलपीजी सिलिण्डर विस्फोट भएको शङ्कामा भएको आगलागीमा 6 देखि 7 वटा पसल जलेर खरानीमा परिणत भएको छ। घटनापछि क्षेत्रमा कोकोहोलो मच्चियो।
प्राप्त जानकारी अनुसार बिहान 8ः30 देखि 9ः30 बीचमा भङ्गागढ़ फ्लाइओभर नजिकै न्यू सिटी ढाबा अनि भार्गव बिरयानी वरपर आगलागी भएको हो। द्रूत गतिमा आगोले छेउछाउका पसलहरूलाई आफ्नो चपेटामा लियो।
आगलागीमा दुई वटा रेस्टुरेन्ट, एउटा जनरल स्टोर, मोबाइल फोन र मर्मत पसल एवं ड्राई क्लिनिङ्ग सेन्टर सहित 6-7 वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
घटनाको सूचना पाए लगत्तै दमकल विभागका 6-8 वटा वाहनले घटनास्थलमा पुगेर आगो निभाउने काम शुरु गरे। दमकलकर्मीहरूले एक घण्टाको प्रयासपछि आगोलाी नियन्त्रण गरे। यसबाट वरपरका अन्य व्यापारिक प्रतिष्ठानहरूमाा आगलागी हुनबाट जोगाएको छ।
सौभाग्यवश घटनामा कुनै पनि प्रकारको जनहानि भएको खबर प्राप्त भएको छैन। आगलागीको वास्तविक कारण अनि सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन भइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा