
गुवाहाटी, ०7 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमालाई ज्यानमारा धम्की दिएको आरोपमा लखिमपुर जिल्लाका एकजना युवकलाई पुलिसले पक्राउ गरेको छ।
पक्रा परेका युवकको पहिचान जोन दासको रूपमा भएको छ। उनी लखिमपुर जिल्लाको घिलमारा क्षेत्रको बेबेजिया गाउँका हुन्। पुलिसले उनलाई तमिलनाडुबाट पक्राउ गरेको गो।
मुख्यमन्त्रीलाई कथित हत्याको धम्की दिएपछि पुलिसले यो कारबाही गरेको हो। मुद्दामा थप विवरणको प्रतिक्षा छ।
--------
/ Bishal Gurung