विकसित भारत युवा संसद 'एक राष्ट्र, एक चुनाउ' विषयमा युवाहरूले राखे आफ्नो विचार
विकसित भारत युवा संसद में ‘एक राष्ट्र, एक चुनाव’ विषय पर युवाओं ने रखे विचार।


विकसित भारत युवा संसद में ‘एक राष्ट्र, एक चुनाव’ विषय पर युवाओं ने रखे विचार।


-क्यारोलिन बासुमतारी बनिन् प्रतियोगिताकी विजेता

- राज्यस्तरीय प्रतियोगिताहरूमा भाग लिनेछन्

कोकराझार (असम), ०7 नोभेम्बर (हि.स.)। विकसित भारत युवा संसद (वीबीवाईपी) 2026-27 को आयोजन शनिवार कोक्रराझारस्थित बोडोफा यूएन ब्रह्मा कलेजमा आयोजना गरियो। बोडोफा यूएन ब्रह्मा कलेजद्वारा आयोजित यस कार्यक्रममको उद्देश्य युवाहरूलाई सार्वजनिक मुद्दाहरूमा सक्रिय रूपमा विचार-विमर्श गर्न, आम नागरिकको दृष्टिकोण बुझ्न, आफ्नै विचार विकास गर्न औं विचारहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नको लागि प्रोत्साहित गर्नु थियो।

कार्यक्रममा युवा प्रतिभागीहरूले 'एक राष्ट्र, एक चुनाउ' विषयमा आफ्नो विचार प्रस्तुत गरे। प्रत्येक प्रतिभागीलाई आफ्नो विचार व्यक्त गर्न तीन मिनट दिइएको थियो। सहभागीहरूले विषयका विभिन्न पक्षहरूमाथि आफ्नो विचार र दृष्टिकोण प्रस्तुत गरे।

क्यारोलिन बासुमतारीलाई प्रतियोगिताको विजेता घोषित गरियो भने शरिफुल इस्लाम प्रथम उपविजेता अनि ठाकुर अक्षिता राधेश्याम दोस्रो उपविजेता बने।

प्रतियोगिताका तीनै विजेताले अब विकसित भारत युवा संसद 2026-27- को राज्य स्तरीय प्रतियोगितामा कोकझारको प्रतिनिधित्व गर्नेछन्।

यस कार्यक्रम मार्फत लोकतान्त्रिक मूल्यमान्यता, राजनीतिक चेतना, तार्किक सोच एवं युवाहरूमाझ सार्वजनिक मुद्दाहरूमा प्रभावकारी रूपमा सम्वाद गर्ने क्षमतालाई विकास गर्नेमथि विशेष जोड दिइएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande