क्यानाडामा ब्रिटिश कोलम्बियाको टम्बलर रिज विद्यालयमा गोलीकाण्ड, १० जनाको मृत्यु
क्यानाडामा ब्रिटिश कोलम्बियाको टम्बलर रिज विद्यालयमा गोलीकाण्ड


टम्बलर रिज (ब्रिटिश कोलम्बिया), क्यानाडा, ११ फरवरी (हि.स.)। क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तको टम्बलर रिज शहरस्थित सेकेन्डरी विद्यालयमा भएको गोलीकाण्डमा संदिग्धसहित आठ जनाको मृत्यु भएको छ। यसबाहेक नजिकैको एक घरबाट दुई जनाको शव फेला परेको छ। यी दुवैको यस घटनासँग सम्बन्ध रहेको आशंका गरिएको छ। रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) ले मंगलबार उक्त जानकारी दिएको हो।

‘द क्यानेडियन प्रेस’ का अनुसार, आरसीएमपीले गोलीकाण्डमा २५ भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। पुलिसलाई दिउँसो लगभग १:२० बजी गोली चलेको सूचना प्राप्त भएको थियो। पुलिस घटनास्थल पुग्दा विद्यालयभित्र छ जना र संदिग्ध आक्रमणकारीको शव फेला परेको थियो। गम्भीर घाइते दुई जनालाई एयरलिफ्ट गरी अस्पताल पठाइयो। तीमध्ये एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

पुलिसका अनुसार, जाॅंचका क्रममा घटनासँग सम्बन्धित नजिकैको एक घर पहिचान गरिएको छ। उक्त घरभित्र दुई जना मृत अवस्थामा भेटिएका छन्। आरसीएमपीका अनुसार, संदिग्ध आक्रमणकारीले आफूलाई आफैं गोली हानेको थियो। यस घटनामा अन्य कुनै संदिग्ध संलग्न थिए वा थिएनन् भन्नेबारे जाॅंच भइरहेको छ।

उल्लेखनीय छ, टम्बलर रिज सानो शहर हो, जहाँ लगभग २,४०० जनसंख्या छ। पुलिसले स्थानीय बासिन्दालाई घरभित्रै सुरक्षित रहन अनुरोध गरेको छ। वरपरका क्षेत्रबाट थप पुलिस बल परिचालन गरिएको छ।

अर्को रिपाेर्टका अनुसार, पीस रिभर साउथ स्कूल डिस्ट्रिक्टले टम्बलर रिज सेकेन्डरी स्कूल र टम्बलर रिज एलिमेन्टरी स्कूल पूर्ण रूपमा बन्द गरिएको जनाएको छ। टम्बलर रिज सेकेन्डरी स्कूलमा कक्षा ७ देखि १२ सम्मका करिब १७५ विद्यार्थी अध्ययनरत छन्। पीस रिभर साउथका विधायक लैरी न्युफेल्डले घटनापछि थप पुलिस र एम्बुलेन्स टोली पठाइएको जानकारी दिएका छन्। उनले सुरक्षा कारणले थप विवरण सार्वजनिक गर्न अस्वीकार गरेका छन्। साथै, आफ्ना आफन्त खोजिरहेका व्यक्तिहरूलाई घर फर्कन र पुलिसलाई काम गर्न सहयोग गर्न अपील गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande