पण्डित दीनदयाल उपाध्यायको पुण्यतिथिमा उपराष्ट्रपति, प्रधानमन्त्री समेत केन्द्रिय मन्त्रीहरूले दिए श्रद्धाञ्जलि
दीनदयाल


नयाँ दिल्ली, 11 फरवरी (हि.स.)। प्रखर राष्ट्रवादी, दक्ष संयोजक, अन्त्योदय र एकात्म मानववादका महान प्रवर्तक पण्डित दीनदयाल उपाध्यायको पुण्यतिथिमा उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत शीर्ष नेताहरूले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको एकात्म मानववाद र अन्त्योदयका सिद्धान्तलाई राष्ट्र निर्माणको प्रेरणा बताएका छन्।

उपराष्ट्रपति सीपी राधाकृष्णनले पण्डित दीनदयाल उपाध्याय एक दूरदर्शी चिन्तक र राष्ट्र निर्माता थिए, जसले समाजको सेवामा आफ्नो जीवन समर्पण गरेको बताए। उनले भने, उनको एकात्म मानववादको सिद्धान्त अझै पनि सम्पूर्ण विश्वको लागि सान्दर्भिक छ र दया र नैतिक सार्वजनिक जीवनको साथ विपन्नहरूको सेवा गर्ने उनको सन्देशले विकसित भारतको यात्रालाई प्रेरित गर्दछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मातृभूमिका परम भक्त पण्डित दीनदयाल उपाध्यायलाई नमन गर्दै उनका सिद्धान्त र मूल्यहरूमाथि आधारित विचार देशका हरेक पुस्ताका लागि मार्गदर्शक बन्ने बताए।

केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले उनलाई अन्त्योदय र एकात्म मानववादको अग्रगामी भन्दै श्रद्धाञ्जली अर्पण गरे। उनले अन्तिम रेखामा उभिने व्यक्तिको विकास नै राष्ट्रको विकासको सूचक भएको र यो विचारले अनगिन्ती पुस्तालाई राष्ट्र निर्माणको प्रेरणा दिने बताए।

उनलाई आफ्नो प्रेरणाको स्रोतको रूपमा वर्णन गर्दै केन्द्रिय सड़क यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले भने, उनको तपस्वी जीवन देश सेवामा समर्पित थियो र राष्ट्र पुनर्निर्माणको उनको विचार शताब्दीयौंसम्म प्रेरणा दिइरहनेछ।

रक्षामन्त्री राजनाथ सिंहले पण्डित दीनदयाल उपाध्यायलाई एक निःस्वार्थ कार्यकर्ता र एक महान विचारक बताउँदै भने, एकात्म मानवदर्शन मार्फत दिइएको 'अन्त्योदय' मन्त्र अझै पनि आत्मनिर्भर भारत निर्माणको आधार हो। उनले आफ्नो राष्ट्र सेवा र समर्पणको आदर्शले सधैं मार्ग प्रशस्त गर्ने बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande