बंगलादेशमा बीएनपी सरकार गठनका लागि तयार
बंगाल नेशनलिस्ट पार्टी


ढाका, 13 फरवरी (हि.स.)। बंगलादेशमा बिहिबार सम्पन्न १३औँ संसदीय निर्वाचनमा अपराजेय अग्रता कायम राख्दै बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले आज आफू सरकार गठनका लागि तयार रहेको जनाएको छ। बीएनपीको मिडिया सेलले एक्समार्फत दाबी गर्दै पार्टीले बहुमतको सीमा पार गरिसकेको र उसकै नेतृत्वमा सरकार बन्ने उल्लेख गरेको छ।

स्थानीय सञ्चार माध्यमहरूमा बीएनपीको ऐतिहासिक जितको अनुमान गरिएको छ। बंगलादेशको प्रमुख पत्रिका प्रोथोम आलोका अनुसार, जातीय संसदका २९९ सिटमध्ये २३६ सिटको मतगणना सम्पन्न भइसकेको छ। तीमध्ये बीएनपी र उसका सहयोगीहरूले १६६ सिट, जमात-ए-इस्लामी र उसका सहयोगीहरूले ५८ सिट, इस्लामी आन्दोलनले एक सिट तथा स्वतन्त्र र अन्य उम्मेदवारहरूले ११ सिटमा जित हासिल गरेका छन्। हालसम्म नेशनल पार्टीले कुनै सिट जित्न सकेको छैन।

यसबीच बीएनपी अध्यक्ष तारिक रहमानले समर्थक, कार्यकर्ता तथा सर्वसाधारणसँग चुनाउअघि आमाको निधन भएकाले विजय उत्सव हाललाई स्थगित गर्न आग्रह गरेका छन्। उनले शुक्रबारको नमाजपछि आफ्नी आमा तथा पूर्व प्रधानमन्त्री कालिदा जियाको आत्माको शान्तिका लागि प्रार्थना गर्न अनुरोध गरेका छन्।

जातीय संसदमा सरकार गठन गर्न १५१ सिट आवश्यक पर्दछ। बीएनपीले यो जादुई अङ्क सजिलै पार गर्दै धेरै अगाडि बढिसकेको छ। पार्टी अध्यक्ष तारिक रहमान आगामी प्रधानमन्त्री बन्ने प्रबल सम्भावना रहेको छ। अहिले सबैको ध्यान निर्वाचन आयोगको आधिकारिक परिणाम घोषणातर्फ केन्द्रित रहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande