55 लाखको प्रतिबन्धित ड्रग्ससितै दुई तस्कर पक्राउ
55 लाखको प्रतिबन्धित ड्रग्ससितै दुई तस्कर पक्राउ


दक्षिण सालमारा (असम), 16 फरवरी (हि.स.)। सीमा पारिबाट नशालु औषधिहरूको तस्करीलाई ठूलो झट्का दिँदै सीमा सुरक्षा बल (बीएसएफ) र असम पुलिसको एक संयुक्त टीमले गए आइतवार राति दक्षिण सालमारा-मनकाचर जिल्लाको भारत-बंगलादेश सीमावर्ती क्षेत्रबाट याबा ट्याबलेट्सको एउटा ठूलो खेपलाई जफत गऱ्यो। यस अभियानमा दुई कथित तस्करहरूलाई पनि पक्राउ गरियो भने लगभग 55 लाख रुपियाँको प्रतिबन्धित वस्तु जफत गरियो।

पुलिस सूत्रले साेमवार बताएको छ, ड्रग्स तस्करहरूको गतिविधि भइरहेको विशेष गुप्त जानकारीको आधारमा कारबाही गर्दै एक संयुक्त अभियान शुरू गरियो। बीएसएफको 183औं बटालियनका जवानहरूले इन्स्पेक्टर जेएस खोबुंग (अफिसर-इन-चार्ज) औ सब-इन्स्पेक्टर सिमन्ता रायको नेतृत्वमा मानकाचर पुलिस स्टेशनको एक टीमसित मिलेर यो अभियान संचालन गरे।

टीमले अन्तर्राष्ट्रिय सीमा निकट मानकाचर पुलिस स्टेशन अन्तर्गत बेपारीपारामा हमला गऱ्यो। अभियान अवधि अधिकारीहरूले दुईजना मानिसहरूलाई समाते जसको पहिचान झाकराचरका निवासी अबु समा (37) र सोनारपाराका एकरामुल हक (43)-को रूपमा गरिएको छ।

संदिग्धहरूको जाँच गर्दा सुरक्षा बलहरूले 55 वटा प्याकेटमा प्याक गरिएको 11 हजार याबा ट्याबलेट (मेथामफेटामाइन) जफत गरे। टीमले एउटा ब जाज डिस्कभर मोटरसाइकल (एमएल-08सी-2891)- लाई पनि जफत गऱ्यो जसको प्रयोग कथित रूपमा नशालु पदार्थको ओसार-पोसारमा गरिएको थियो साथै दुई वटा मोबाइल फोनलाई पनि जफत गरियो।

शुरुआती जाँचबुझमा आरोपीहरूले स्वीकार गरे, उनीहरूले ड्रग्सको प्याकेटलाई बोर्डरको फेन्सिंग पारि बंलादेशतर्फ आफ्ना साथीहरूलाई फाल्ने योजना बनाएका थिए। अधिकारीहरूले वर्तमान बजारमा जफत गरिएको उक्त ड्रग्सको मूल्य 55 लाख रुपियाँ रहेको अनुमान लगाएका छन्। मानकाचर पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी आरोपीहरूसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande