पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदानका लागि तीन पत्रकार सम्मानित
Puran Tamang


DR Dulal


NB Ghimire


गान्तोाक, 16 फरवरी (हि.स.)। हाम्रो खबर सिक्किमको पॉंचौं स्थापना दिवसको अवसरमा पत्रकारहरू पुरण तामाङ, डिल्लीराम दुलाल र एनबी घिमिरेलाई सम्मानित गरिएको छ। पश्चिम सिक्किमको गेजिङमा आयोजित एक कार्यक्रममा पत्रकारहरूलाई सम्मानित गरिएको हो। सिक्किमेली पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदानको कदर पर उनीहरूलाई सम्मानित गरिएको हो।

कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थिति राज्य ग्रामीण विकास विभागका अध्यक्ष नारायण खतिवडाको बाहुलीद्वारा पत्रकारहरूलाई सम्मनित गरियो। पत्रकार पुरण तामाङ दैनिक समाचार पत्र समिट टाइम्सका सम्पादक एवं प्रकाशक हुन्। पत्रकार डिल्लीराम दुलाल वरिष्ठ पत्रकार एवं प्रेस क्लब अफ सिक्किमका महासचिव हुन् भने पत्रकार एनबी घिमिरे सिक्किम जन खबरका संस्थापक सम्पादक एवं जर्नलिस्ट युनियन अफ् सिक्किमका महासचिव हुन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande