
नाम्ची, 16 फरवरी (हि.स.)। सिक्किम विधानसभाकी उपाध्यक्ष एवं राङगाङ याङगाङ निर्वाचन क्षेत्रकी विधायक राजकुमारी थापाले आज राङगाङ याङगाङ जीपीयूको याङगाङ डॉंड़ागाउॅं वार्डमा सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत नवनिर्मित घरको उद्घाटन गरिन्। घर उद्घाटनपछि लाभार्थी लाक्पा टाशी भोटियालाई हस्तान्तरण गरिएको जानकारी विज्ञप्तिमा दिइएको छ।
एसजीएवाई घर उद्घाटनको अवसरमा सल्लाहकार सीएल गुरुङ, ओएसडी एसबी राई, पञ्चायतगण तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए। उपस्थित अतिथिहरूले लाभार्थीलाई बधाई दिॅंदै योजनाको सफल कार्यान्वयनको सराहना गरे।
हिन्दुस्थान समाचार / बिशाल