असम बजेट सत्रः विपक्षीको खैलाबैलाबीच राज्यपालले सदनमा आफ्नो अभिभाषण पूरा गरे
असम बजेट सत्रः विपक्षीको खैलाबैलाबीच राज्यपालले सदनमा आफ्नो अभिभाषण पूरा गरे


गुवाहाटी, 16 फरवरी (हि.स.)। असम विधानसभाको बजेट सत्रको पहिलो दिन सोमवार कोकोहोलो मचियो जतिबेला राज्यपाल लक्ष्मण प्रसाद आचार्यको भाषण अवधि विपक्षी विधायकहरूले सदनको वेलमा आएर नाराबाजी गरे साथै कारबाहीमा बाधा दिने हरसम्भव प्रयास गरे।

राज्यपालको 40 मिनटको भाषण मात्र 5 मिनट मात्र पुगेको थियो विरोध शुरू भयो। कंग्रेस, एआईयूडीएफ, सीपीआई (एम) र एकजना निर्दलीय विधायकहरू आ-आफ्नो सीटबाट उठेर पोडियममा भेला भए अनि प्ले कार्ड देखाउँदै नारा लगाए।

केही विधायकहरूले राज्यपालको अभिभाषणको कपीलाई पोडियम तर्फ फाल्ने चेष्टा गरे। ड्यूटीमा तैनाथ मार्शलले तुरून्तै हस्तक्षेप गर्दै बुकलेट जफत गरे अनि विरोध गरिरहेका विधायकहरूले देखाइरहेका प्लेकार्ड तथा कागजहरूलाई हटाइदिए। 20 जनाभन्दा अधिक सुरक्षाकर्मीहरूले राज्यपालको चारैतिर उभिएर सुरक्षा घेरा बनाए भने 30 जनाभन्दा अधिक विपक्षी सदस्यहरूले सम्पूर्ण भाषण अवधि वेलमै बसे।

विरोध गरिरहेका विधायकहरूले मुख्यमन्त्रीको कथित रूपमा देखाइएको विवादित भीडियोलाई लिएर नाराबाजी गगरे अनि प्रसिद्ध संगीतकार जुबिन गर्गको लागि न्यायको माग गरे। विपक्षी विधायकहरूले विरोध गरे पनि राज्यपालले आफ्नो अभिभाषणलाई जारी राख्दा कतिपय विधायकहरू विरोधस्वरूप वेलभित्रै भूइँमा बसे भने राज्यपालले खैलाबैलाबीच पनि आफ्नो भाषणलाई पढ़िरहे।

नाराबाजीबीच पनि राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आफ्नो भाषणलाई जारी राखे जसमा उनले सरकारको विकास कार्य, वेलफेयर स्किम तथा पछिल्लो पाँच वर्षका उपलब्धिहरूको बारेमा बताए।

राज्यमा चुनाउपूर्व वर्तमान सरकार अधिनस्थ सोमवार मीटिंग असेम्बलीको अन्तिम पूर्ण सेशन हो। भोट अन अकाउन्ट मंगलवार पेश गर्नुछ। राज्यपालको अभिभाषण समाप्त भएपछि नियमानुसार लगभग डेढ़ घण्टाको लागि स्थगित गरियो। त्यसपछि 12 बजीदेखि पनः सदनको कारबाही आरम्भ भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande