
कटिहार, 16 फरवरी (हि.स.)। जिल्लाको कुरसेला स्टेट हाटमा लागेको आगले 300 भन्दा अधिक टीन तथा खरको झोपड़ी जस्तै दोकानहरूलाई आफ्नो चपेटमा लियो जसबाट 10 करोड़ रुपियाँभन्दा अधिकको नोक्सान भएको छ। यस घटनामा कपड़ा, श्रृङ्गार, चिया-खाजा, मसाला, इलेक्ट्रनिक्स, मोबाइल, सब्जी औ टेलरिंग मशिनहरू सहित अन्य केही दोकानहरू जलेर खरानीमा परिणत भएको छ।
स्थानीय मानिसहरूले आरोप लगाएका छन्, दमकल विभाग विलम्ब गरी पुगेको कारण आगोले विकराल रूप धारण गऱ्यो। पहिला सानो वाहन आयो जसको पानी क्षणभरमै सिद्धिएर फेरि पानी भर्न गयो। यसबीच आगो झन् तीव्र भयो। लगभग 8:45 बजी ठूलो दमकल वाहन आइपुग्यो, तर त्यसबेलासम्ममा ढिलो भइसकेको थियो।
सोमवार बिहान पीड़ित दोकानदारहरूले आक्रोशित भएर एनएच-31 र स्टेट हाईवे- 77 लाई जाम गरिदिए। दोकानदारहरूको भनाइ छ, जिल्लाधिकारी, विधायक तथा सांसदले घटनास्थलमा आएर क्षतिपूर्तिको घोषणा तथा ठोस आश्वासन नदिउञ्जेलसम्म उनीहरू त्यहाँबाट पछि हट्ने छैनन्।
घटनास्थलमा सदर एसडीएम प्रद्युम्न सिंह र डीएसपी रञ्जन सिंहले स्थितिको जायजा लिए अनि मानिसहरूलाई शान्त बनाउने प्रयास गरे। उनीहरूले बताए, प्रशासनले पीड़ित परिवारहरूलाई हरसम्भव सहयोग गर्नेछ साथै आगलागीको कारण पत्तो लगाउन जाँच गरिनेछ।
आगलागीबाट प्रभावित दोकानदारहरूको भनाइ छ, उनीहरूको जीवनभरिको कमाई जलेर खरानी भएको छ। उनीहरूले सरकारसित माग गरेका छन्, उनीहरूलाई उचित क्षतिपूर्ति दिइयोस् अनि उनीहरूको दोकानको पुनर्निर्माण होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा