राष्ट्रपति मुर्मु ‘प्रचण्ड’ मा सह-पाइलटका रूपमा उडान भर्ने देशकी पहिलो राष्ट्रपति बनिन्
राष्ट्रपतिले जैसलमेरमा ‘प्रचण्ड’ हेलिकोप्टरमा उडान भरिन्


जैसलमेर, 27 फरवरी (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले शुक्रबार जैसलमेर एयरफोर्स स्टेशनबाट स्वदेशी लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) ‘प्रचण्ड’ मा उडान भरिन्। उनी ‘प्रचण्ड’ मा सह-पाइलटका रूपमा उडान भर्ने देशकी पहिलो राष्ट्रपति बनेकी छन्।

राष्ट्रपति आज बिहान करिब ९:१५ बजी वायुसेना स्टेशन पुगिन्, जहाँ उनलाई हेलिकोप्टरको प्राविधिक जानकारी दिइयो। त्यसपछि उनी ककपिटमा बसेर बिहान करिब १०:१५ बजी ग्रुप क्याप्टेन एनएस बहुआसँग उडान भरिन्। करिब २५ मिनेटको उडानका क्रममा उनले सीमावर्ती क्षेत्र तथा पोखरण फिल्ड फायरिङ रेन्जको हवाई निरीक्षण गरिन्। उडानका बेला उनले ककपिटबाट सलामी पनि दिइन्।

राष्ट्रपति मुर्मु यसअघि लडाकु विमान सुखोई-३० एमकेआई र राफेलमा उडान भर्ने पहिलो राष्ट्रपति समेत भइसकेकी छन्।

जैसलमेरको प्रसिद्ध जैसलमेर किल्ला (सोनार दुर्ग) माथिबाट उडान भर्दै राष्ट्रपतिले रेडियो सन्देशमार्फत देशवासीलाई सम्बोधन गरिन्। उनले भनिन्, “म आज प्रचण्ड हेलिकोप्टरमा उडान भरिरहेकी छु। यो आत्मनिर्भरताको सशक्त प्रतीक हो। म देशका वीर सैनिकहरूलाई गर्वका साथ धन्यवाद दिन्छु। सबैलाई मेरो मायापूर्ण नमस्कार। जय हिन्द, जय भारत।”

पाकिस्तान सीमाको नजिक रहेको पोखरण फिल्ड फायरिङ रेन्जमा शुक्रबार साँझ वायुसेनाको सबैभन्दा ठूलो युद्धाभ्यास ‘वायु शक्ति-२०२६’ आयोजना हुनेछ, जसमा सशस्त्र बलहरूको सर्वोच्च कमाण्डरका रूपमा राष्ट्रपति मुर्मुको उपस्थिति रहनेछ।

उल्लेखनीय छ, तीन वर्षअघि नवरात्रिको अष्टमीका दिन ‘प्रचण्ड’ हेलिकोप्टरलाई वायुसेनाको बेडामा समावेश गरिएको थियो। त्यस बेला रक्षामन्त्री राजनाथ सिंहले पनि यसमा उडान भरेका थिए र यसलाई भारतको आत्मनिर्भर रक्षा क्षमताको प्रतीक बताएका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande