
काठमाडौं, 04 फरवरी (हि.स.)। भारतले नेपालमा पॉंच मार्चमा हुन लागिरहेको आम चुनाउलाई ध्यानमा राख्दै वाहनहरूको तेस्रो खेप पठाएको छ। यस खेलमा 223 वाहन सामेल छन्। यो खेप भारतीय दूतावासको माध्यमद्वारा पठाइएको छ।
भारतीय दूतावासका अनुसार, तेस्रो खेपमा 150 वटा डबल क्याब पिकअप महिन्द्रा स्कर्पियो र 73 वटा डबल क्याब पिकअप महिन्द्रा बोलेरो सामेल छन्। सवारी साधनहरू नेपाल ल्याइॅंदैछ।
यस अघि 61 वटा वाहन ल्याइएको थियो, जसलाई भारतीय दूतावासले 20 जनवरीका दिन नेपाल सरकारलाई हस्तान्तरित गरेको थियो। जानकारी अनुसार, यस पटक चुनाउमा भारतले साना-ठूला गरी लगभग 600 वटा वाहन नेपाललाई उपलब्ध गराउने छ।
हिन्दुस्थान समाचार / भवानी थामी