दार्जिलिङमा भारतीय जनता पार्टीको जिल्ला कार्यालय उदघाटन
दार्जिलिङमा भारतीय जनता पार्टीको जिल्ला कार्यालय उदघाटन


दार्जिलिङ, 07 फरवरी (हि.स.)। दार्जीलिङको चोक बजारस्थित निलम्बर भवनमा भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला कार्यालय दार्जिलिङका सांसद राजु विष्टको बाहुलीबाट उद्घाटन गरिएको छ। भारतीय जनता पार्टीले दार्जिलिङमा जिल्ला पार्टी कार्यालय उद्घाटन गरेर विधानसभा चुनाउ अघि सांगठनिक गतिविधिलाई अझ सक्रिय बनाएको छ।

उक्त दार्जिलिङ जिल्ला पार्टी कार्यालय उदघाटनपछि दार्जिलिङका सांसद एवं राष्ट्रिय प्रवक्ता राजु विष्टले पार्टीको पदाधिकारीहरु र कार्यकर्ताहरुसित भेटघाट गरेर विभिन्न विषयमा चर्चा परिचर्चा पनि गरेका थिए। पार्टी कार्यालय उद्घाटनपछि पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद राजु विष्टले यो कार्यालयले दार्जिलिङ र दिल्लीमाझ पुलको काम गर्ने बताए।

उनले यो कार्यालय केवल पार्टी कार्यकर्ताहरु र संगठनको लागि मात्र नभएर सम्पूर्ण जनताको लागि पनि रहेको बताएका छन्‌। उनले पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै भने, इन्टरलोक्युटर जसको मनमा जे छ त्यो सुन्नलाई आएको र बेग्ला बेग्लै सबैलाई भेटेको बताए। उनले इन्टरलोक्युटरको यो पहिलो भ्रमण रहेको र उनी फेरि आउने बताउँदै अब जे पनि समाधान हुन्छ त्यो भारतको संविधानको अन्तर्गत सामाधान हुनेछ तर पश्चिम बंगालभित्रबाट हुने छैन भनी बताएका छन्।

सांसद राजु विष्टले भने, 'केन्द्र सरकारको तर्फबाट इन्टरलोक्युटर नियुक्त गरिनु एउटा प्रक्रिया हो।‌ तर केन्द्र सरकारले इन्टरलोक्युटर नियुक्त गरेको त्यसै गरेको होइन, त्यसको पछाडी ठूलो कुरा छ।‌' सांसद राजु विष्टले एक प्रश्नको उत्तरमा गोर्खा राष्ट्र भक्त हुन् भनी बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande