नगेन्द्र बिक्रम गुरुङ हस्तशिल्प एवं हस्तकरघा निदेशालयका अध्यक्ष नियुक्त
नगेन्द्र बिक्रम गुरुङ


गान्तोक, 07 फरवरी (हि.स.)। अप्पर बुर्तुक निर्वाचन क्षेत्र अन्तर्गत बुर्तुक हेलिप्याड छेउ निवासी नगेन्द्र बिक्रम गुरुङलाई सिक्किम सरकारको हस्तशिल्प एवं हस्तकरघा निदेशालयको अध्यक्ष नियुक्त गरिएको छ। उल्लेखनीय छ, नगेन्द्र बिक्रम गुरुङ 2019 को विधानसभा चुनाउमा अप्पर बुर्तुक निर्वाचन क्षेत्रबाट एसकेएम पार्टीको उम्मेदवार थिए। उनलाई तत्कालीन एसडीएफ उम्मेदवार डीआर थापाले पराजित गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande