केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए


गान्तोक, 07 फरवरी (हि.स.)। केन्द्रिय नागरिक उड्डयन मन्त्री राममोहन नायडू किन्जारापुले सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले पाकिम विमान हवाईअड्डा सञ्चालनको सम्बन्धमा भारतका उपराष्ट्रपतिलाई सम्बोधन गरेको निवेदनको जवाफ दिएका छन्। आफ्नो जवाफमा केन्द्रिय मन्त्रीले यस सम्बन्धमा भारतीय हवाईअड्डा प्राधिकरणसॅंग परामर्श गरेको र पाकिम हवाईअड्डाबाट उडानहरू पुनः शुरु गर्ने अनुरोध सबै घरेलु एयरलाइन्सहरूलाई पठाएको जानकारी गराएका छन्।

उक्त जानकारी सांसद सुब्बाले आज जारी एक प्रेस विज्ञप्तिमा दिएका छन्। केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा पहिले क्षेत्रीय सम्पर्क योजना (आरसीएस) उडान अन्तर्गत सञ्चालनमा ल्याइयो, तर प्रतिकूल मनसुन मौसमका कारण जून २०२४ देखि उडान सञ्चालन स्थगित गरिएको बताएका छन्।

उनले उडान ५.३ अन्तर्गत पाकिम-गुवाहाटी रुटमा पुनर्विचार गरिएको छ र ९ सिटर विमानका साथ रुट सञ्चालन गर्न जेट विङ्ग्सलाई आशय पत्र जारी गरिएको जानकारी गराएका छन्। यस अतिरिक्त, पाकिम हवाईअड्डाबाट उडानहरू पुनः शुरु गर्ने अनुरोध सबै घरेलु एयरलाइन्सहरूलाई पठाइएको पनि उनले आफ्नो जवाफमा जानकारी गराएका छन्। भारतीय हवाईअड्डा प्राधिकरणले बजारको माग र व्यावसायिक व्यवहार्यताका आधारमा सेवा शुरू गर्न चाहने एयरलाइन्सहरूलाई उडान सञ्चालन सहज बनाउन आफ्नो पूर्ण तयारी व्यक्त गरेको उनले अवगत गराएका छन्।

विगत २१ महिनामा संसद सुब्बाले लोकसभामा सिक्किमको लागि हवाई सम्पर्कको मुद्दा निरन्तर उठाउँदै सम्बन्धित अधिकारीहरू र मन्त्रालयहरूलाई धेरै पटक प्रतिनिधित्व गरेको विज्ञप्तिमा उल्लेख छ। उनकै अनुरोधमा नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलले पनि पाकिम हवाईअड्डाबाट उडानहरू पुनः शुरु गर्ने बारेमा एयरलाइन्स अपरेटरहरूसँग बैठकको अध्यक्षता गरेको पनि जनाइएको छ।

सांसद सुब्बाले मन्त्रालयको प्रतिक्रियालाई स्वागत गर्दै पाकिम हवाईअड्डाबाट चॉंडै र दिगो उडान सेवा पुन: शुरुवात सुनिश्चित गर्न भारत सरकार र एयरलाइन्स अपरेटरहरूसँग निरन्तर संलग्नता कायम राख्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande