विदाईपूर्व राज्यपाल सीवी आनन्द बोसको बंगालवासीहरूको नाममा खुल्ला पत्र, भने- पश्चिम बंगाल मेरो दोस्रो घर रहनेछ
विदाईपूर्व राज्यपाल सीवी आनन्द बोसको बंगालवासीहरूको नाममा खुल्ला पत्र, भने- पश्चिम बंगाल मेरो दोस्रो घर रहनेछ


कोलकाता, 11 मार्च (हि.स.)। पश्चिम बंगालका निवर्तमान राज्यपाल सी. वी. आनन्द बोसले आफ्नो कार्यकाल समापन हुनपूर्व बुधवार राज्यका मानिसहरूको नाममा एउटा भावनात्मक खुल्ला पत्र जारी गरेका छन्। यस पत्रमा उनले बंगालवासीहरूको स्नेह र सहयोगको लागि आभार व्यक्त गर्दै पश्चिम बंगालसित उनको सम्बन्ध भविष्यमा पनि रहिरहने बताए।

उनले आफ्नो पत्रमा लेखे, कोलकातास्थित लोकभवनमा उनको कार्यकाल समाप्त भइरहेको छ, तर पश्चिम बंगालसित उनको यात्रा अहिले सिद्धिएको छैन। उनले राज्यलाई आफ्नो द्सोरो घर बताउँदै भने, उनी भविष्यमा पनि कुनै न कुनै रूपमा बंगालसित जोड़िरहनेछन्।

राज्यपालले भने, आफ्नो कार्यकाल अवधि उनलाई राज्यका विभिन्न भागहरूको भ्रमण गर्न तथा आम मानिसहरूसित भेट गर्ने अवसर प्राप्त भयो। उनले गाउँ, नगर तथा शहरका मानिसहरूसित बातचित गर्ने, उनीहरूसित समय बिताए अनि समाजका विविधता र सांस्कृतिक समृद्धिलाई नजिकबाट हेरे।

पत्रमा उनले महात्मा गान्धीको उल्लेख गर्दै भने, जसरी महात्मा गान्धीले बंगालसित आफ्नो गहिरो सम्बन्धको कुरा गरेका थिए, उसरी नै उनले पनि यस राज्यको आकर्षणदेखि आफूलाई पृथक पार्न सकिरहेका छैैनन्।

उनले रवीन्द्रनाथ टैगोरको एउटा विचारलाई उल्लेख गर्दै भने, साँचो सेवा र ईश्वरको अनुभूति आम मानिसहरूमाझ, श्रमजीवि तथा समाजका साधारण जनजीवनमा हुन्छ।

राज्यपालले आफ्नो अनुभव साझा गर्दै भने, उनले बाल-बालिकाहरूको उत्साही आँखा, बुजुर्गहरूको स्नेह र आम मानिसहरूको आत्मीयतामा बंगालको वास्तविक शक्ति देखेका छन्।

अन्तले उनले राज्यको उज्जवल भविष्यको कामना गर्दै भने, पश्चिम बंगालले आगामी दिनममा नयाँ शिखरलाई चुमोस् अनि यहाँका सबै मानिसहरूको जीवन समृद्ध र स्वास्थ्य रहोस्। उनले माँ दुर्गासित राज्यको जनताको रक्षा गर्ने प्रार्थना पनि गरे।

आफ्नो सन्देशको समापन उनले वन्दे मातरम् लेखेर गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande