सड़क दुर्घटनामा कलेज छात्रको मृत्यु
सड़क दुर्घटनामा कलेज छात्रको मृत्यु


पश्चिम मेदिनीपुर, 11 मार्च (हि. स.)। जिल्लाको चन्द्रकोनामा भएको एक सड़क दुर्घटनामा चन्द्रकोना कलेजको कम्प्यूटर साइन्स तृतीय वर्षका छात्र शुभेन्दु सावको मृत्यु भयो। मृतक शुभेन्दु साव चन्द्रकोना-एक ब्लकको यादवपुर गाउँका बासिन्दा थिए। तिनले चन्द्रकोना शहरको तेतुलतला बजार निकट एउटा भाड़ाको घरमा बसेर पढ़िरहेका थिए।

प्राप्त जानकारी अनुसार गए मंगलवार अबेर सांझ शुभेन्दु आफ्ना दुईजना साथीहरूसित स्कुटीमा घुम्न गएका थिए। यसै अवधि धामकुड़ा जंगलस्थित फरेस्ट अफिस सामु मोड़िने क्रममा स्कुटी अनियन्त्रित भएर सड़क किनारको खाल्डोमा झऱ्यो। स्थानीय मानिसहरूको सहयोगले तिनलाई गम्भीर अवस्थामा पहिला चन्द्रकोना अस्पताल लगियो जहाँबाट स्थिति गम्भीर रहेकोले अबेर राती मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो। यहँ पनि स्थिति बिग्रिदै गएपछि तिनलाई कोलकाताको नील रतन सरकार मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो जहाँ बुधवार बिहान लगभग 10 बजी डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

उसको असमय निधनले परिवार तथा क्षेत्रका मानिसहरू गहिरो शोकमा डुबेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande