
कोलकाता, 11 मार्च (हि.स.)। स्कूल सेवा आयोग (एसएससी) भर्ती घोटालाको जाँचको सिलसिलामा प्रवर्तन निदेशालय (ईडी)-ले शिक्षा विभागका पूर्व सचिव मनीष जैन र तृणमूलका पूर्व युवा नेता कुन्तल घोषलाई बोलाएको छ।
सूत्र अनुसार दुवैलाई आगामी 16-देखि 19 मार्चबीच कोलताकाको सीजीओ कम्प्लेक्सस्थित ईडी कार्यालयमा जाँचबुझको लागि उपस्थित हुन भनिएको छ। जाँच एजेन्सीहरूको भनाइछ, यस मामिलामा यी दुई बाहेक लगभग सयजना नोकरीका उम्मेद्वारहरूलाई पनि चरणबद्ध रूपमा बोलाइँदैछ।
यसपूर्व प्राथमिक शिक्षक भर्ती घोटाला मामिलामा हुगलीका निष्कासित तृणमूल युवा नेता कुन्तल घोषलाई ईडी र केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)-ले पक्राउ गरेको थियो भने हाल तिनी जमानतमा रिहा भएका छन्।
भर्ती घोटालासित सम्बन्धित मामिलामा सीबीआईले पहिला पनि मनीष जैनलाई बोलाइसकेको छ साथै जाँचबुझको लागि उनी सीबीआई कार्यालयमा पेश पनि भएका थिए। अब एसएससी भर्ती घोटालाको जाँचको सिलसिलामा ईडीले एकपटक फेरि मनीष जैन र कुन्तल घोषलाई बोलाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा