प्रधानमन्त्री मोदी 13 मार्चमा दुई दिवसीय असम भ्रमणमा आउने
प्रधानमन्त्री मोदी 13 मार्चमा दुई दिवसीय असम भ्रमणमा आउने


गुवाहाटी, 11 मार्च (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बताएका छन्, प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 13 र 14 मार्चको दिन दुई दिवसीय असम भ्रमणमा आइरहेका छन्। यस अवधि उनले केही विकास परियोजनाहरूको उद्घाटन गर्नेछन् अनि चिया बगान समुदायका सदस्यहरूलाई जमीनको मालिकाना हकको दस्तावेज सुम्पिनेछन्।

मुख्यमन्त्रीले मीडियालाई सम्बोधन गर्दै भने, प्रधानमन्त्रीले आफ्नो भ्रमणावधि देशलाई लगभग 10 हजार कड़ोर रुपियाँंका परियोजनाहरू समर्पित गर्नेछन्। प्रधानमन्त्री मोदीले आफ्नो भ्रमणको शुरूआत कोकराझारबाट गर्नेछन् जहाँ उनले केही विकासात्मक परियोजनाहरूको उद्घाटन गर्नेछन् अनि कतिपयको आधारशिला राख्नेछन्। आगामी 13 मार्चको दिन प्रधानमन्त्री गुवाहाटीको एउटा कार्यक्रममा सामेल हुनेछन् जहाँबाट उनले प्रधानमन्त्री किसान सम्मान निधि (पीएम-किसान) योजनाको एक किस्ता जारी गर्नेछ। यस भ्रमणको सबैभन्दा विशेष कुरा चिया बगान समुदायलाई जमीनको पट्टा वितरण गर्नु हुनेछ। यो समुदाय लगभग 2 सय वर्षदेखिको असममा बसोबास गर्दै आइरहेको भए पनि अहिलेसम्म अधिकांश मानिसहरूसित जमीनको कुनै औपचारिक मालिकाना हक छैन।

डा. हिमन्त बिस्व सरमाले बताए, प्रधानमन्त्रीले चिया बगान श्रमिकहरूलाई जमीनको पहिलो मालिकाना हकको दस्तावेज सुम्पिनेछन्। यसको साथै चिया बगानका श्रमिक परिवारहरूलाई जमीनको मालिकाना हक दिनको लागि राज्यभरि नैै एउटा कार्यक्रम शुरू हुनेछ।

प्रधानमन्त्री मोदीले आगामी 14 मार्चमा सिलचरको दौड़ाह गर्नेछन्। त्यहाँ उनले सिलचर-शिलंग-गुवाहाटी एक्सप्रेस हाइवेको आधारशिला राख्नेछन्। यस प्रोजेक्टको अनुमानित लागत लगभग 22 हजार कड़ोर रुपियाँ रहेको छ। मुख्यमन्त्रीले बताए, उनले कोपिली हाइड्रो पावर प्रोजेक्टलाई पनि देशप्रति समर्पित गर्नेछन्। यो राज्य सरकारकोक 150 मेगावाटको प्रोजेक्ट हो। उनले अझ बताए, दुई दिवसीय यस भ्रमणको अवसरमा प्रधानमन्त्रीले कोकराझार, गुवाहाटी औ सिलचरमा जनसभाहरूलाई सम्बोधन गर्नेछन्।

यसबीच अमित शाहले आगामी 15 मार्चमा असमको दौड़ाह गर्नेछन्। उनले गुवाहाटीको प्रागज्योतिषपुर मेडिकल कलेजको उद्घाटन गर्नको साथै भारतीय जनता पार्टी (भाजपा)- द्वारा आयोजित 'युवा संकल्प समावेश'-मा पनि सामेल हुनेछन्। प्रदेश भाजपा अनुसार खानापारास्थित भेटरनरी कलेज खेल मैदानमा आयोजना हुने यस कार्यक्रममा पार्टीका लगभग एक लाख युवा कार्यकर्ताहरू सामेल हुने आशा छ। यो भ्रमण यस्तो समयमा भइरहेको छ जतिबेला असममा भजपा नेतृत्वाधिन सरकारले यस वर्ष 2026-को राज्य विधानसभा चुनाउको तयारी गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande