
शोणितपुर (असम), 11 मार्च (हि.स.)। शोणितपुर जिल्लान्तर्गत रंगापारामा अखिल असम भोजपुरी परिषद (अअभोप) एकाईको नयाँ समिति गठन गरियो। आज रंगापारा नगरस्थित शिव मन्दिर प्रांगणमा अअभोपको केन्द्रिय समितिका सुबोध ठाकुर, शोणितपुर जिल्ला अध्यक्न् संतोष साहनी, पप्पू राय तथा सभाका अध्यक्ष तथा रंगापारा क्षेत्र अअभोपका पूर्व अध्यक्ष रोहित गुप्ता र सचिव पिन्टू कुमार साहको नेतृत्वमा पुरानी समितिलाई भंग गरी नयाँ समिति गठन गरियो।
अअभोपको रंगापारा एकाईका अध्यक्ष पिन्टू कुमार साह, कार्यकारिणी अध्यक्ष जितेन्द्र जयसवाल, उपाध्यक्ष अर्जुन सिंह समेत अन्य पदाधिकारीहरूलाई सामेल गराएर नयाँ समिति गठन गरियो। सो सभामा रंगापाराका भोजपुरी भाषी सयकड़ौं मानिसहरूको उपस्थिति रहेको थियो।
सभामा उपस्थित मानिसहरूले असम सरकार र केन्द्र सरकारसित भोजपुरी भााषीहरूसित सौतेनी आमाको व्यवहार नगर्ने अपील गरियो। समितिले बतायो, हिन्दी भाषीहरूको नाम र उनीहरूको उपाधिलाई हेरेर धेरैवटा अधिकारहरूदेखि उनीहरूलाई वञ्चित राखिन्छ। त्यसैले यस्तो ममिलाहरूमा ध्यान दिनुपर्ने अपील सरकारसित गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा