
तेहरान, १३ मार्च (हि.स.)। अमेरिका-इजरायल र इरानबीच भड्किएको युद्धको आज १४औं दिन छ। यो युद्धको चपेटमा क्षेत्रमा रहेका 'तेल र ग्यास' का भण्डारहरूमा खतरा मडारिन थालेका छन्। इरानको सबैभन्दा शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले आज चेताउनी दिएको छ कि यदि देशको ऊर्जा पूर्वाधार र बन्दरगाहहरूमा आक्रमण गरियो भने ऊनीहरूले यो क्षेत्रको तेल र ग्यासमा आगो लगाइदिने छन्।
सीएनएनको रिपोर्ट अनुसार, आईआरजीसीले स्पष्ट शब्दमा भनेको छ कि यदि इरानको ऊर्जा पूर्वाधार र बन्दरगाहहरूमा आक्रमण गरियो भने ऊनीहरूले यो क्षेत्रका सबै तेल र ग्यास भण्डारमा आगो लगाइदिनेछन्। आईआरजीसीको यो चेताउनीभन्दा पहिले बिहिबार संयुक्त राष्ट्रमा इरानका राजदूतले भनेका थिए, इरान होर्मुज जलडमरूमध्य (होर्मुज स्ट्रेट) लाई बन्द गर्दैन। यसअघि भर्खरै इरानका सर्वोच्च नेता चुनेका मोजतबा खामेनेहीले आफ्नो पहिलो सार्वजनिक वक्तव्यमा भनेका थिए कि यो जलमार्ग दबाउको एक हतियार को रूपमा बन्द रहनेछ।मोजतबाको वक्तव्य त्यसैले महत्वपूर्ण छ किनकि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहिबार भनेका इरानका नयाँ सर्वोच्च नेता आयातुल्लाह मोजतबा खामेनेईले सार्वजनिक रूपमा आफ्नो अनुहार देखाउन सक्दैनन् भनेका थिए। उनी २८ फलवरीको आक्रमणमा गम्भीर रूपमा घाइते भएको उनले दाबी गरेका छन्। विशेष कुरा के छ भने खामेनेईको वक्तव्य सरकारी टीभीमा कसैलाई पढाइएको थियो। सर्वोच्च नेताको अनुहार देखाइएन। आईआरजीसीको महत्वको कारण
इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) लाई इरानको सेनाको सबैभन्दा शक्तिशाली र विशेष शाखा मानिन्छ। १९७९ को इस्लामिक क्रान्तिपछि देशको इस्लामी शासनको सुरक्षाको लागि यसको गठन गरिएको थियो। यो संगठन केवल सैन्य बल मात्र होइन, तर इरानको राजनीति, अर्थव्यवस्था र विदेश नीतिमा पनि गहिरो प्रभाव राख्छ। इरानमा दुई प्रकारका सेना छन्। पहिलो नियमित सेना हो। यसलाई आर्टेश भनिन्छ। यसले सामान्यतया सीमाहरूको सुरक्ष गर्छ। दोस्रो आईआरजीसी हो। यो मुख्य रूपमा सत्ता र क्रान्तिको सुरक्षाको लागि जिम्मेवार छ। यो संगठन सीधै इरानका सुप्रिम लिडर (सर्वोच्च नेता) प्रति जवाफदेही छ, निर्वाचित सरकारप्रति होइन। आईआरजीसीसँग आफ्नै थलसेना, नौसेना र वायुसेना छ। यसका दुई प्रमुख विशेष शाखा छन्। पहिलो कुद्स फोर्स र दोस्रो बासिज। कुद्स फोर्स विदेशहरूमा इरानका अभियानहरू र मिलिसिया समूहहरू (जस्तै हिजबुल्लाह र हमास) लाई समर्थन गर्छ। बासिज अर्धसैनिक स्वयंसेवी बल हो। यसको प्रयोग देशभित्र विरोध प्रदर्शनहरू दबाउन र सुरक्षा कायम राख्नको लागि गरिन्छ। २९ जनवरी, २०२६ मा युरोपेली संघले यसलाई आतङ्कवादी संगठन घोषित गरेको छ। यसअघि अमेरिकाले पनि यसलाई आतङ्की समूह घोषित गरेको थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी