
सिलचर (कछार), १४ मार्च (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो असम भ्रमणको दोस्रो दिन शनिबार बराक घाटीको भ्रमण गर्नेछन्। यस क्रममा प्रधानमन्त्रीले करिब २३,५५० करोड रुपियाँ बराबरका विभिन्न परियोजनाहरूको भूमिपूजन तथा शिलान्यास गर्नेछन्। साथै उनले एक जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसअघि प्रधानमन्त्री मोदी शुक्रबार दुई दिने असम भ्रमणका क्रममा गुवाहाटी पुगेका थिए। यसबीच वर्षाका कारण कोकराझारमा हुने कार्यक्रम रद्द गर्नुपरेको थियो। गुवाहाटीबाटै प्रधानमन्त्रीले कोकराझारको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गरे। साथै विभिन्न कार्यक्रमहरूको उद्घाटन तथा शिलान्यास पनि गरेका थिए।
यसैबीच साँझ आयोजित अर्को कार्यक्रममा प्रधानमन्त्रीले चिया जनजाति समुदायलाई भूमिको पट्टा पनि वितरण गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी