मणिपुरः विभिन्न क्षेत्रबाट पाँच उग्रवादी पक्राउ
पक्राउ परेका उग्रवादीहरू


इम्फाल, १४ मार्च (हि.स.)। मणिपुरमा उग्रवादीविरुद्ध पुलिस तथा सुरक्षा बलहरूको अभियान निरन्तर जारी रहेको छ। साथै अवैध हतियार बरामद गर्ने कार्य पनि जारी छ। यसै क्रममा विभिन्न संगठनसँग सम्बन्धित पाँच उग्रवादीलाई राज्यका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

मणिपुर पुलिस मुख्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएअनुसार, शुक्रबार सुरक्षा बलहरूले थङ्गल बजार क्षेत्रबाट प्रतिबन्धित संगठन केसीपी-अपुनबाका सक्रिय क्याडर मोइराङथेम हेम्बा सिंह (२६) उर्फ लाइबा, निवासी पुङदोङबाम मयाई लेइकाइ, इम्फाल पूर्व जिल्ला, लाई पक्राउ गरेका छन्।

त्यसैगरी मणिपुर पुलिसले न्यू चेकन क्षेत्रबाट एनएलएफ (पी) संगठनका चार सक्रिय क्याडरलाई पक्राउ गरेको छ। उनीहरू घाटीका क्षेत्रमा रहेका विद्यालय र कलेजहरूबाट जबरजस्ती रकम असुली (रंगदारी) गर्ने कार्यमा संलग्न रहेको बताइएको छ। पक्राउ पर्नेहरूको पहिचान कोइजम सुन्दर मैतेई (29), थाङजम सूरज सिंह (27) उर्फ लुखोई, संजरामबम रवि सिंह (30) का रूपमा गरिएको छ।

पक्राउ परेका उग्रवादीहरूको साथबाट ७.६२ पेस्तोल (७ राउन्डको एक म्यागजिन र होल्स्टरसहित), एक .३२ पेस्तोल (१० राउन्डको म्यागजिनसहित), एक वाहन, २ लाख ६० हजार रुपियाँ नगद, छ वटा मोबाइल फोन, दुई वटा हतियार लाइसेन्स (जसको नक्कली भएको आशंका गरिएको छ), दुई वटा वालेट, तीन वटा आधार कार्ड तथा यूएनएलएफ (पी) का लागि विद्यालयहरूबाट असुली गरिने रकमको सूची उल्लेख गरिएको एउटा डायरी बरामद गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ।

उल्लेखनीय छ, सुरक्षा बलहरूले हिंसाग्रस्त विभिन्न जिल्लाका सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा खोजी अभियान चलाउँदै आफ्नो नियन्त्रण कायम राख्न लगातार कारबाही गरिरहेका छन्।

गत शुक्रबार मणिपुरका विभिन्न जिल्लाहरू-पहाडी तथा घाटीका क्षेत्रमा गरी कुल ११६ वटा नाका तथा चेकपोइन्ट स्थापना गरिएको थियो। यद्यपि सो क्रममा कसैलाई पनि हिरासतमा लिइएको थिएन।

यसैबीच एनएच 37 मा आवश्यक सामग्री बोकेका ५० वटा सवारी साधनहरूको आवागमन सुनिश्चित गरिएको छ। सबै संवेदनशील स्थानहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ र सवारी साधनहरूको सुरक्षित तथा निर्बाध आवागमन सुनिश्चित गर्न संवेदनशील मार्गहरूमा सुरक्षा काफिला पनि उपलब्ध गराइएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande