दिल्लीको पालमको राम चौक बजारमा आगो लाग्यो, सात जनाको मृत्यु
दिल्लीको पालमको राम चौक बजारमा आगो लाग्यो, सात जनाको मृत्यु


नयाँ दिल्ली, १८ मार्च (हि.स.)। दिल्लीको द्वारका जिल्लाको पालम क्षेत्रको राम चौक बजारमा आज बिहान लगभग ७:०४ बजी लागेको आगोमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ। आगो चार तले भवनमा लागेको थियो। मृतकहरूमा तीनजना बालिकाहरू पनि छन्। धेरै जना घाइते भएका छन्। कतिपयले ज्यान जोगाउन हाम फालेका थिए। यो आगो उक्त भवनमा रहेको लुगा र कस्मेटिक शोरूमबाट शुरु भयो र विकराल रूप धारण गर्यो।

पुलिसका अनुसार, यो भवन (डब्ल्यूजेड-१२४ए) को बेसमेन्ट, ग्राउन्ड फ्लोर र पहिलो तलमा लुगा र कस्मेटिक शोरूम छ। यो बजार प्रधान राजेन्द्र कश्यपको रहेको बताइएको छ। दोस्रो र तेस्रो तलमा उनीहरूको परिवार बस्छ। आगो चांडै सम्पूर्ण भवनमा फैलियो, जस कारण भित्र रहेका मानिसहरू फसे।

सूचना पाएपछि पालम भिलेज पुलिस चौकीका एसएचओ सहित पुलिस टोली घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरे। दमकल विभागबाट लगभग 2० गाडी र ११ एम्बुलेन्स पठाइयो। दमकलकर्मीहरूले अथक प्रयासपछि आगो नियन्त्रणमा ल्याए।

मणिपाल अस्पतालमा आगोमा घाइते भएका छजना व्यक्तिलाई मृत घोषित गरियो, जसमा प्रवेश (३५), कमल (४०), आशु (३२) र तीन बालिकाहरू (१२, ६ र ५ वर्ष) सामेल छन्। आईजीआई अस्पतालमा एक महिलालाई मृत अवस्थामा ल्याइएको थियो, जबकि एक पुरुष र दुई वर्षीय बालिकाको उपचार भइरहेको छ। सफदरजंग अस्पतालमा १९ वर्षीय युवालाई भर्ना गरिएको छ। उनी २५ प्रतिशत जलेका छन्।

प्रारम्भिक जानकारी अनुसार, आगो लाग्दा दुई जनाले ज्यान जोगाउन भवनबाट उफ्रिएका थिए, जसलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ। दमकलकर्मीहरूले अहिलेसम्म १० जनालाई सुरक्षित बाहिर निकालेका छन्। घटनाको जांचका लागि एफएसएल टोलीलाई बोलाएको छ। अहिलेसम्म आगोको कारण थाहा भएको छैन। घटनास्थलमा पुलिस, दमकल, बीएसईएस, वायुसेना, एनडीआरएफका टोलीहरू उपस्थित छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande