
नयाँ दिल्ली, 02 मार्च (हि.स.)। भारत भ्रमणमा रहेका मार्क कार्नीले सोमबार राष्ट्रिय राजधानी दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे। दुवै नेताबीच द्विपक्षीय वार्ता जारी रहेको छ। यस क्रममा भारत-क्यानडा सम्बन्धलाई नयाँ दिशा दिने, व्यापारिक सहकार्य विस्तार गर्ने तथा रणनीतिक साझेदारीलाई सुदृढ़ बनाउने विषयमा जोड दिइने सम्भावना रहेको छ।
यसअघि कार्नीले विदेश मन्त्री एस. जयशंकरसँग पनि भेट गरेका थिए। क्यानडाका प्रधानमन्त्रीको यस भ्रमणको मुख्य उद्देश्य ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा अन्य महत्वपूर्ण प्राविधिक क्षेत्रमा सहकार्य विस्तार गर्नु रहेको बताइएको छ।
कार्नी यसअघि मुम्बई पुगेका थिए, जहाँ उनले उद्योग क्षेत्रका प्रमुख प्रतिनिधिहरूसँग छलफल गरेका थिए। त्यसपछि आइतबार राति उनी दिल्ली आइपुगेका हुन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी