
कोलकाता, 20 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउलाई लिएर राजनीतिक दलहरूले सक्रियता पूर्वक प्रचार अभियान शुरू गरेका छन्। उम्मेद्वारहरूको नाम घोषणा भएपछि विभिन्न दलहरूका उम्मेद्वारहरू मैदानमा उत्रेर विभिन्न प्रकारले जनसम्पर्क गरिरहेका छन्।
पूर्व मेदिनीपुर जिल्लाकोपूर्व पाँशकुड़ा विधानसभा क्षेत्रमामाकपा उम्मेद्वार इब्राहिम अलीलेशुक्रवारबिहानदेखि नै प्रचार शुरू गरे। बिहान कोलागाट रेलवे स्टेशन तथा स्थानीय फूल बजारमा उनले मानिसहरूसित प्रत्यक्ष बातचित गरे। यस अवधि व्यापारी, श्रमिक औनित्य यात्रीहरू माझ पुगेर उनले आफ्नो र पार्टीको कुरा राखे। साथै स्थानीय समस््याहरूलाई ध्यानपूर्वक सुने।
इब्राहिम अलीलेआरोप लगाए,राज्यमातृणमूल कंग्रेसर भाजपाबीच गंठजोड़ चलिरहेको छ जसकारण आम मानिसहरू वञ्चित भइरहेका छन्। उनले भने, यसै मुद्दालाई अगाड़ि राखेर उनले प्रचार गरिरहेका छन्। वास्तविक विकास एवं पारदर्शी प्रशासनको लक्ष्य लिएर उनले चुनाउ लड़िरहेका छन्।
यसरी नै उत्तर 24 परगना जिल्लामाभाजपालेधार्मिक आस्थाकोसाथमा आफ्नो प्रचार अभियान शुरू गऱ्यो। शुक्रवार बिहान नोआपाड़ा विधानसभा केन्द्रबाटभाजपा उम्मेद्वार अर्जुन सिंहर बिजपुर विधानसभा केन्द्रबाटभाजपा उम्मेद्वार सुदीप्त दासले एकसाथ हाली शहरको काली मन्दिरमा पूजा-अर्चना गरे। मन्दिरमा पुगेर दुवैले देवीको आराधना गरे अनि क्षेत्रको शान्ति र विकासको कामना गरे।
पूजापछि मन्दिर परिसरमा उपस्थित आम मानिसहरूसित बातचित गर्दै उनीहरूले आगामी चुनाउमा समर्थन गर्ने अपील गरे। अर्जुन सिंहले भने, उनले मानिसहरूको आशीर्वाद लिएर प्रचार शुरू गरिरहेका छन् र आम जनताको हितमा काम गर्नको लागि प्रतिबद्ध छन्। यसरी नैसुदीप्त दासले पनि क्षेत्रको विकास, रोजगार तथा बुनियादी ढाँचालाई मजबुत बनाउनुलाई प्राथमिकतामा राखेर चुनाउ लड़ेको बताए।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा