संदिग्ध ब्राउन शुगरसहित दुई व्यक्ति पक्राउ
arrest


गान्तोक, 20 मार्च (हि.स.)। रम्फू पुलिसले दुई व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा परेका आरोपीद्वय गान्तोकको आरिथाङ निवासी बताइएको छ।

पुलिस रिपोर्टका अनुसार, रम्फू नयॉं चेकपोस्ट पुलिसले एउटा स्विफ्ट डिजायर वाहनबाट प्रतिबन्धित नशालु पदार्थसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। वाहन जॉंचको क्रममा 59.84 संदिग्ध ब्राउन शुगर बरामद गरिएको बताइएको छ।

यस घटनाको सम्बन्धमा पुलिसले एनडीपीएस अधिनियम, 1985 र भारतीय न्याय संहिता 2023 को धारा 3(5) अन्तर्गत मामिला दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande