
सोनादा, 20 मार्च (हि.स.)। आगामी विधानसभा चुनाउलाई लक्षित गरेर हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रिय समितिले विभिन्न सर्कलहरूमा चुनावी सभा आयोजना गर्दै आएको छ। सोही अभियान अन्तर्गत आज सोनादा सर्कलमा पनि एक महत्वपूर्ण सभा सम्पन्न गरियो। सभामा 24 खरसाङ विधानसभा क्षेत्रका भागोप्रमो प्रत्याशी अमर लामा र 23 दार्जिलिङ विधानसभा क्षेत्रका भागोप्रमो प्रत्याशी विजय राई पनि उपस्थिति थिए।
सभालाई खरसाङ विधानसभा समष्टिको उम्मेदवार अमर लामा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सभापति सुमन बम्जन, काशिराम प्रधान आदिले वक्तव्य सम्बोधन गरेका थिए। दार्जिलिङ कालेबुङ अन्तर्गत रहेका 16 वटा सर्कलमा सर्कलका शिक्षक शिक्षिकाहरुलाई समेटेर यस्ता चुनावी सभा सञ्चालन गरिने कार्यक्रम अनुसार सोनादा सर्कल अन्तर्गत सभा आयोजना गरिएको हो।
यस सभामा सोनादा सर्कलका शिक्षक शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुमन बम्जन लगायत अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।
सभामा सहभागी वक्ताहरूले आउँदो विधानसभा चुनाउको महत्वबारे प्रकाश पार्दै शिक्षक समुदायलाई सचेत, एकताबद्ध र जिम्मेवार ढंगले सहभागी हुन आह्वान गरे। साथै, शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न सक्षम नेतृत्व चयन गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको थियो।
हिन्दुस्थान समाचार / हनोक