जीटीएले जमीनहरु लिजमा दिनु गैर कानुनी हो र यसको लागि जीटीए विरुद्ध केश गर्नेछौं : बन्दना राई
बन्दना राई


खरसाङ, 20 मार्च (हि.स.)। जीटीएले हालमा जमीनहरु लिजमा दिएको अनि बिक्री गरेको भन्दै बन्दना राई र उनको टिमले यस विषयमा जीटीए विरुद्ध केश गर्ने पनि बताएको छ। खरसाङमा आज आयोजित एक पत्रकार सम्मेलनमा बन्दना राईले जीटीएका सबै जमीनहरु जनताको हो र जीटीए चलाउनेहरु मालिक होइन भनी बताइन्।

पत्रकार सम्मेलनमा बन्दना राई, सन्त किशोर गुरुङ, मिनसाङ लामा र सपना सोताङ उपस्थित रहेका थिए। अधिवक्ता बन्दना राईले भनिन्, 'जीटीए चलाउनेहरु स्थायी होइन, सरकारको प्रतिनिधि मात्र हुन्। उहाँहरुले जमीन कसरी बिक्री गर्दैछन्? जीटीए त एक्ट अनुसार चल्छ। यस विषयमा हामीले पश्चिम बंगाल सरकारको वित्त विभाग र गृह तथा पहाडी मामिला विभागमा आरटीआई गरेका छौं।'

बन्दना राईले अघि भनिन् 'जीटीएले जमीन मनपरी गरेर बिक्री गरिरहेको छ, तर यो कानुनी प्रावधानभित्र पर्छ कि पर्दैन भनी जानकारी मागेका छौँ। हाम्रो आरटीआईको उत्तर 5 दिनभित्र आउने छ। जीटीए एक्टको सेक्शन 29 अनुसार एक करोडभन्दा बेसीको सम्पत्तिको लागि सरकारको तर्फबाट अनुमति लिनुपर्छ। त्यसैले अनुमति मागेको छ कि छैन भनेर आरटीआई मागेका छौँ। तर सरकारले पनि मिलेर लिजमा दिएको हो भने त्यसको पनि विरोध गर्नेछौं कारण सम्पत्ति सबै जनताको हो। हामी जीटीएको विरुद्धमा केश पनि गर्नेछौं।'

बन्दना राईले अझ भनिन्, 'जीटीए एक्टमा जीटीएको विरोधमा केश गर्न पनि सक्छ किनभने जीटीएलाई केवल इन्चार्ज मात्र बनाइएको हो। जीटीए कानुनले भन्छ कि जीटीएभित्र र बाहिर भएका जमीन सबै जीटीएको हातमा हुन्छ, तर जमीनहरु लिजमा दिनु सरकारको अनुमति चाहिन्छ। सरकारको अनुमतिबिना भएको भए यो गैर कानुनी हो। यसको विरोधमा हामी जीटीए विरुद्ध केश गर्नेछौं। तर सरकारसित मिलेर लिजमा दिएको हो भने पनि यसको विरोध गर्नेछौं कारण यो जनताको सम्पत्ति हो तर कसैको व्यक्तिगत सम्पत्ति होइन।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande